Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा मोटर्सका नयाँ फरेभर रेन्जका गाडी नेपालमा

टाटा मोटर्सका नयाँ फरेभर रेन्जका गाडी नेपालमा


काठमाडौं ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेभर रेन्जअन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको गाडीहरुमा बीएस सिक्स प्रविधि रहेका छन् । टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ ।

यिनीहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकि यो टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको मागअनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अग्रस्थानमा छ । गाडी सार्वजनिक कार्यक्रममा टाटा मोटर्स इन्टरनेशनल बिजनेस हेड (प्यासेन्जर भेहिकल्स) मायकं बाल्डीले टाटा मोटर्सका विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समयदेखि अत्यन्त रुचाइरहेकाले नयाँ पुस्ताका प्यासेन्जर गाडीहरु सार्वजनिक गरिएको बताए ।

यसैगरी सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बीएस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरु आफ्नो श्रेणीका अन्य गाडीहरुभन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेको र यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएको बताए ।

१. नयाँ टियागो : १२००सीसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटोजस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलोलगायत छवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ । यसको सुरुवाती मूल्य २८ लाख रहेको छ ।

२. नयाँ टिगोर : १२००सीसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र रिभर्सिङ क्यामेराजस्ता अत्याधुनिक सुविधाहरु छन् । मनमोहक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसको सुरुवाती मूल्य ३२ लाख ५० हजार छ ।

३. नयाँ नेक्सन : १२००सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इराजस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजीलगायतका नयाँ विशिष्ट विशेषताहरु भएको नेक्सन छ रङ्गमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ३९ लाख ९५ हजार छ ।

४. नयाँ अल्ट्रोज : १२००सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनजस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको ग्लोबल एनक्यापमार्फत प्रमाणित भइसकेको छ । साथै ह्याचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाइल, लुक्स र अर्बन गरी चारवटा प्रकृतिमा उपलब्ध छ । यसको मूल्य ३५ लाख ५० हजार छ ।

५. नयाँ एच फाइभ : २०००सीसी इन्जिन क्षमता भएको एच फाइभको सम्पूर्ण बनावट विशिष्ट ओमेगार्क वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाइभ विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ८४ लाख ९९ हजार छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया