Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेचर सुपर मार्केटको पहिलो शाखा नरेफाँटमा

नेचर सुपर मार्केटको पहिलो शाखा नरेफाँटमा


काठमाडौं ।
नेचर सुपर मार्केट प्रालिको पहिलो शाखा काठमाडौंको नरेफाँटमा खुलेको छ । शुक्रबार एक कार्यक्रमबीच हास्यकलाकारद्वय दिपाश्री निरौला र जितु नेपालले शाखा शुभारम्भ गरेका हुन् । शाखामा बिहीबार पूजा गरिएको थियो । गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा नरेफाँटमा शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए ।

‘नरेफाँट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पु-याउनेछ’, उनले भने । प्रालिले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रालिले तीनदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि एक महिनासम्म जारी रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया