Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटर नेपालमा

सामसङको कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटर नेपालमा


काठमाडौं ।
सामसङले हालै नेपाली बजारमा कर्ड मेस्ट्रो टिएम रेफ्रिजेरेटर उपलब्ध गराएको छ । यसबाट दैनिक रुपमा आफ्नो आवश्यकताअनुसार दही आफैँले घरमा बनाउन सकिन्छ । कर्ड मेस्ट्रो टीएम सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ ।

कर्ड मेस्ट्रो टिएमले पाँचदेखि छ घण्टामा सहजै दही तयार गर्न सक्दछ, यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । दही बनाउँन कर्ड मेस्ट्रो टीएमबाट कन्टेनरलाई झिकी त्यसमा मनतातो दूध राख्नुपर्दछ र केहीबेर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई कर्ड मेस्ट्रो टीएममा राख्नुपर्दछ । यसपछि कर्ड अप्सनलाई छनौट गरेपछि कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेसन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ । कर्ड मेस्ट्रो टीएमले जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउनसक्छ । यो रेफ्रिजेरेटर दुई सय ५३ लिटर र तीन सय १५ लिटरमा उपलब्ध छ ।

यो स्मार्ट कन्भर्टेबल ५ इन १ ट्विन कुलिङ रेफ्रिजेरेटर विभिन्न पाँच मोड–नर्मल, एक्ट्र सपिङ, भ्याकेसन, सिजनल तथा होम अलोन उपलब्ध छन् । यो कन्भर्टेबल मोडेलहरुमा विद्युत् खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेबल मोडेलहरुमा भएको ट्विन कुलिङ प्लग टीएम स्वतन्त्र कुलिङ सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ । जसले गर्दा फ्रिज र फ्रिजरबीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुनसक्ने गन्ध रहँदैन ।

यो रेफ्रिजेरेटर नेपालभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसका मोडेलहरु ६३ हजार नौ सय ९० रुपैयाँदेखि ७८ हजार नौ सय ९० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया