Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपको सहयोग

विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपको सहयोग


काठमाडौं ।
नेपाली विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपले सहयोग गर्ने भएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले इभी अर्थात् इलेक्ट्रिकल भेहिकल बनाएका छन् । उनीहरुले यो ईभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुनलागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।

अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले बाहिरी भाग नि चाँडै बनाउँदै छन् । उनीहरुको टिमको नाम सिरेटो रहेको छ । सिरेटो टिम भन्दा सुन्नेहरू अक्मकिन्छन् तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन, अर्थात् प्रतियुनिट विद्युत्बाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तनजस्तै अनुभूति गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा तन–मनले लागेका छन् ।

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ । सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकललगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी छन्  । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डो-याइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया