Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा सिमेन्टद्वारा निर्माण विज्ञहरुसँग अन्तर्क्रिया

जगदम्बा सिमेन्टद्वारा निर्माण विज्ञहरुसँग अन्तर्क्रिया


काठमाडौं ।
‘तपाईंको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने मूल नारालाई आत्मसात् गर्दै जगदम्बा सिमेन्टले पाँचखालको खावामा ६० भन्दा धेरै निर्माण विज्ञहरुसँग अन्तर्क्रिया सम्पन्न गरेको छ । पाँचखाल नगरपालिका वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रबन्धक नवराज भुर्तेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण व्यवसायीहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रोजस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको प्रष्ट पारे । विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक केदार निरौलाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया