Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर र हंक १५० आर नेपालमा सार्वजनिक

हिरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर र हंक १५० आर नेपालमा सार्वजनिक


काठमाडौं ।
हिरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १५० आर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एक्स्ट्रिम १६० आर, हंक १५० आर नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ । एक्स्ट्रिम१६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको तीन लाख ३९ हजार रुपैयाँ रहेको छ भने हंक १५० आरको मूल्य दुई लाख ७९ हजार पाँच सय रुपैयाँ रहेको छ ।

हिरो एक्स्ट्रिम १६० आर : कम्पनीका अनुसार नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस–सिक्स मापदण्डको इन्जिनको साथ आउँदछ, जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो इन्जिनले १५ बीएचपी एट ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । तीव्र गतिका वर्गमा ‘द्रुत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमि/प्रतिघण्टाको गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’मा उत्कृष्टमध्येको एक बनेको कम्पनीको भनाइ छ । साथै यसमा सडकका लागि इन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्त डायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण ह्यान्डलिङ प्रदान गर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर ह्याप्पी’ मेसिन बनाउँछ ।

यसमा ३७ मिमि टेलिस्कोपिक फ्रन्ट फोक्र्स र सात तहको समायोजन योग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती/स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ । २७६ मिमि फ्रन्ट पेटल डिस्क र २२० एमएमपछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ मिमि ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

नयाँ एक्स्ट्रिम १६० आर ‘फर्स्ट–इन–सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आबद्ध तुल्याइएको छ, अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिग्नेचरयुक्त एलईडी टेल ल्याम्पसम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड इन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा उन्नत र सुरक्षित दुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ । हेड टर्नर पर्ल सिल्भर ह्वाइट, भाइब्रन्ट ब्लू, स्पोर्ट्स रेडका तीन जीवन्त रंग संयोजनमा उपलब्ध छ ।

हीरो हंक १५० आर : १४९ सीसीको एयर–कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ । कम्पनीका अनुसार सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदान गर्दछ, जसले कुनामा र सिधा सडकहरूमा सटिक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०/७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाई आबद्ध तुल्याइएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदान गर्दछ ।

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्नेगरि सामायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फर्स्ट इन क्याटागोरी)अन्तर्गत, उत्कृष्ट ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो–शक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ ।

कम्पनीका अनुसार यस मोटरसाइकलले धेरै सुरक्षाजन्य विशेषताहरूलाई समेटेको छ । साथै वर्गकै पहिलो (फर्स्ट इन क्याटोगोरी)अन्तर्गत सुरक्षित वैकल्पिक सिंगल–च्यानल एबीएसबाट सुसज्जित छ, जसले सुरक्षित ब्रेकिगको सुनिश्चितता गर्दछ । नयाँ एलोय ह्विल डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक सबै किसिमका राइडिङ अवस्थाहरूमा कुशलता र तत्काल पावर रोक्नको लागि मानक विशेषताका रूपमा आएका छन् ।

उपयोगमा सहजता पहुँच प्रदान गर्नका डिजाइन गरिएको, मोटरसाइकलमा स्पोर्टी डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डरसमेत रहेको छ । सेल्फ स्टार्ट बटन मानकको रूपमा आउँछ भने थप सुविधाका लागि इन्जिन किल स्विच रहेको छ ।

हंक १५ आरको आक्रामक आवारण र मस्कुलर इन्धन ट्यांकको सानले राइडिङको व्याख्यान दिन्छ । यसको स्ट्राइकिङ अपिलमा थप्नको लागि चिसेल्ड रियर काउल, वल्फ आइ एलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाइडसहित एलईडी टेललाईटले अन्धकारमा समेत पहिचान गर्न सजिलो बनाउँछ । स्पोर्टी डाइनामिक ग्राफिक्सले एउटा अतुलनीय शैली प्रदान गर्ने डिजाइन लाइनहरूलाई सक्रिय बताउँछ । हंक १५० आर तीन रंग एनएच १ ब्लाक, स्पोट्स रेड र टेक्नो ब्लूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया