Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला र डोको रिसाइकलर्सले काठमाडौँमा ‘पीईटी कलेक्सन बिन’ राख्ने

कोका–कोला र डोको रिसाइकलर्सले काठमाडौँमा ‘पीईटी कलेक्सन बिन’ राख्ने


काठमाडौं ।
विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोका–कोला र डोको रिसाइकलर्सले काठमाडौँ उपत्यकामा १० सूचनामूलक पीईटी कलेक्सन बिन स्थापना गर्ने घोषणा गरेको छ । जुन कार्यको सुरुवात स्थानीय अधिकारीहरुको सहकार्यमा अगस्ट २०२० मा सुरु भएको थियो । ‘रिफ्रेस एन्ड रिसाइकल’ अभियान प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो ।

यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई प्रयोग भइसकेका बोतलहरूलाई प्रशोधन गरेपछि पुनः प्रयोगका लागि योग्य हुन्छन् भन्नेबारे शिक्षा दिने काम पनि गर्दछ । यसअघि प्रयोग भएका बोतलहरू राख्नका लागि स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटन दरबार स्क्वायर, त्रिभुवन विश्वविद्यालय र ललितपुर नगरपालिका सार्वजनिक पार्कजस्ता बाक्लो जनसंख्या भएका क्षेत्रमा राखिएको थियो ।

यी क्षेत्रमा यस्ता प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिन्छ । यस अभियानकै माध्यमबाट उपभोक्ताहरुलाई यी क्षेत्रहरूमा भएका बेला उनीहरूले प्रयोग गर्ने बोतललाई प्रयोगपछि पीईटी संकलन बिनमा राख्न प्रोत्साहित गरिनेछ । उपभोक्ताले डिस्पोजल गर्नुभन्दा अगाडि बोतल खाली र सफा छन्/छैनन्, कुल्चिएको छ/छैन भनी सुनिश्चित गर्नुपर्दछ । सार्वजनिक जागरुकताका लागि डिस्पोजलको उचित चरण र प्रयोग भइसकेका बोतलहरुको रिसाइकल प्रक्रियाबारे बोतल संकलन गर्न राखिएका बिनमा विभिन्न जानकारीसमेत लेखिएको छ ।

प्रयोग भइसकेका बोतलहरू पछि अन्य कामका लागि उपयोग गर्न सकिने भएकाले यसलाई फोहोरको रुपमा वर्गीकरण गरिएको छैन । पीईटी प्लास्टिक सुरक्षित, हल्का वजन, किफायती, पारदर्शी, आकारयोग्य र शत प्रतिशत पुनः प्रयोग गर्न सकिने हुन्छ । हरेक साता डोको रिसाइक्लरहरूद्वारा ती बिनबाट प्रयोग भइसकेका बोतलहरू संकलन गरिनेछ र यसलाई पुनः प्रयोगयोग्य बनाउनका लागि निश्चित स्थानमा पठाइनेछ । फोहोरजन्य सामग्रीहरूलाई प्रशोधन गरेर नयाँ बोतल, कन्टेनरहरू र विभिन्न कपडा, कार्पेट बनाउनसमेत सकिन्छ ।

हालसम्म डोको रिसाइक्लर्सले करिब दुई हजार पीईटी बोतलहरू संकलन गरिसकेको छ । २०१८ मा कोका–कोलाले २०३० सम्ममा सबै प्रयोग भइसकेका बोतलहरूलाई संकलन गर्दै त्यसलाई पुनः प्रयोगमा ल्याउने उद्देश्यका साथ ‘फोहोरविनाको विश्व’ अभियानको घोषणा गरिसकेको छ । त्यसकै समर्थनमा नेपालमा पनि कोका–कोलाले यस अभियानलाई सफल पार्न नगरमित्र, रिफ्रेस एन्ड रिसाइकलजस्ता विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया