Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजावा–पेराक मोटरसाइकल नेपालका सबै शोरुममा

जावा–पेराक मोटरसाइकल नेपालका सबै शोरुममा


काठमाडौं ।
क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका सौखीनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् । साथै अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन्, जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङका प्रस्तुत गरिएको थियो तथा यसको डिजाइन र प्रदर्शनको कारण मोटरसाइकल सौखीनहरूको मन जित्न सक्षम भएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याइ, सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ । जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ । स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ ।

बबर सौन्दर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ । पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ । जावा पेराकको सुरुवाती मूल्य सात लाख ५० हजार रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया