Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमै पहिलोपटक १० हजार लिटरको एसएस ट्यांकी

नेपालमै पहिलोपटक १० हजार लिटरको एसएस ट्यांकी


काठमाडौं ।
पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्यांकी उद्योग सञ्चालनमा ल्याएको छ । एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले बिहीबार उद्योगको उद्घाटन गरेका हुन् । उद्योगले बिहीबारदेखि नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्ने बताइएको छ ।

भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एसएस ट्यांकीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको हो ।नेपालमै पहिलो पटक १० हजार लिटरको एसएस ट्यांकी यस उद्योगबाट उत्पादन हुनेछ । यस उद्योगले २५० देखि १० हजार लिटर सम्मको भर्टिकल तथा होरिजन्टल एसएस ट्यांकी उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८० हजार वटा ३०४ तथा ३१६ ग्रेडका एसएस ट्यांकी उत्पादन गर्नेछ ।

हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्य राखेको समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलोपटक २०६९ सालदेखि एसएस ट्यांकी उद्योग सञ्चालनमा ल्याएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया