Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीले फाइभजीमा छलाङ मार्दै अलट क्षेत्रको संरचनामा परिवर्तन

रियलमीले फाइभजीमा छलाङ मार्दै अलट क्षेत्रको संरचनामा परिवर्तन


काठमाडौं ।
रियलमीले नेपालमा ‘५जी’ नेटवर्कमा छलाङ मार्ने गरी विस्तार र अलटमार्फत कृत्रिम बौद्धिकताको क्षेत्रमा परम्परागत स्थापित मान्यतालाई तोड्दै प्रविधिगत सौन्दर्य थप गर्ने गरी विविध परिवर्तन गर्ने भएको छ । रियलमीले दैनिक आवश्यकतालाई एकै थलोमा जोड्ने गरी स्मार्टफोनका साथ सम्पूर्ण प्रकारको अडियो, वेयरेबल (धारणीय उपकरण) र स्मार्ट टिभी यसै वर्ष देशभरका ग्राहकहरूमाझ पु-याउने लक्ष्य राखेको छ । ‘चुनौतीदेखि उन्नति’सम्मको नारालाई अझ व्यापक गर्ने गरी नेपालमा स्मार्टफोनको क्षेत्रमा अहिलेको उपलब्धतालाई व्यापक बनाउने गरी रियलमीले स्मार्टफोन ग्राहकको शीर्षस्थानमा आफूलाई उभ्याउने लक्ष्य लिएको छ । (१+४+एन) उत्पादन रणनीति, बजारमा उत्कृष्ट प्रविधिको विकास र युवापुस्तालाई सशक्तीकरण गर्ने महत्वाकांक्षी योजनाका साथ रियलमी अघि बढिरहेको छ ।

अलट (कृत्रिम बौद्धिकता उपकरण) रियलमी अडियो, वेयरेबल (धारणीय उपकरण)र स्मार्टफोनका क्षेत्रमा स्थापित भइसकेको उत्पादन हो । नयाँ प्रविधिको उपलब्धतामा नेतृत्वदायी कम्पनीका रुपमा चिनिएको यसका उत्पादनलाई ग्राहकहरुले रुचाएको अवगत नै छ । आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा रियलमीका दुई उत्पादनहरू – रियलमी बड्सएयर र रियलमी घडी, अडियो र वेयरेबल (धारणीय उपकरण) क्षेत्रमा लोकप्रिय र निकै सहुलियत दरमा उपलब्ध छन्, जसमा थुप्रै विशिष्ट विशेषता रहेको कम्पनीले जनाएको छ ।

‘१+४+एन’ रणनीति उत्कृष्ट र उत्तम प्रविधिका साथ युवापुस्तालाई सशक्तीकरण गर्ने महत्वाकांक्षी योजनाका साथ रियलमीले उत्पादनका ‘१+४+एन’ रणनीति लिएको छ । जसमा ‘१’ले स्मार्टफोनको उत्पादनको महत्वपूर्ण भाग जनाउँछ । यसमा नेपाली बजारमा उपलब्ध ‘सी’ सिरिज र ‘नम्बर’ सिरिजका फोन समावेश गरिएको छ । रियलमी स्मार्टफोनमा ‘लिङ्कएप’ इन्स्टल गरी रियलमीका अलट उत्पादनलाई व्यवस्थापनका साथै नियन्त्रण गर्न सकिन्छ ।

यसैगरी दोस्रोमा रहेको ‘४’ले मुख्य चार विषयलाई दर्शाउँछ । प्रायः उपयोग हुने उपकरणहरु एयरफोन, स्मार्ट घडी, स्मार्ट स्पिकर र स्मार्ट टिभी जसले ‘भ्वाइस एसिस्टेन्ट फिचर’को समर्थन गर्छन् भने यिनले अन्य कृत्रिम बौद्धिक अलट उत्पादनहरुलाई नियन्त्रण गर्नसक्ने गरी निर्माण गरिएको छ । यो केन्द्रित प्रविधिले थप स्मार्ट र सुविधाजन्य अनुभूति प्रदान गर्दछ । यत्तिकैमा रियलमीले आफ्नो आविष्कार रोक्दैन, यसैकारण ‘एन’ रणनीति पनि कम्पनीले लिएको छ, जसले उत्पादनका अनिश्चित संख्याको प्रतिनिधित्व गर्छ ।

विद्युतीय टुथब्रस, स्मार्ट स्केल, प्रोजेक्टर, प्लग, कार चार्जरका साथै उत्पादनहरुको निरन्तर बढ्दो क्रममा उत्पादन रणनीति लिइएको छ, जुन व्यक्तिगत, घर परिवार र यादगार यात्राका लागि आवश्यक प्रविधिको सहज उपलब्धताका रुपमा महत्वपूर्ण हुनसक्छ । यिनै रणनीतिका साथ रियलमीले यसै वर्ष नेपालमा केही रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सबैमा फाइभजी नेटवर्कको लक्ष्य २०२० को सुरुमै रियलमीले सटिक र स्पष्ट भिजनका साथ अत्याधुनिक प्रविधि र ट्रेन्डसेट डिजाइनका लागि नेपालमा फाइभजी नेटवर्कको उपलब्धता गराउने लक्ष्य निर्धारण गरेको थियो । सोही लक्ष्यअनुसार उच्च, मध्यम र फ्ल्यागशिप सेग्मेन्टका दुवै स्मार्टफोनमा विस्तृत शृंखलाको ‘५जी’ नेटवर्क सार्वजनिक गरेको रियलमीले अब मध्यम रेन्जका स्मार्टफोनमा ‘५जी’ नेटवर्क उपलब्ध गराउने भएको छ । ‘रियलमी७’ स्मार्टफोनमार्फत विश्वभर एकैसाथ ‘५जी’ नेटवर्क सार्वजनिक गरी तीन सय डलरभन्दा कम मूल्यका स्मार्टफोनमा ‘५जी’ नेटवर्क सार्वजनिक गर्ने पहिलो कम्पनीका रुपमा कम्पनीले आफूलाई उभ्याइसकेको छ ।

प्रतिष्ठित मोबाइल अधिकारी ‘जीएसएम एरेना’ले ‘रियलमी७’ मा ‘५जी’ नेटवर्क राखेपछि मध्य रेन्ज अलराउन्डरमा ‘५जी’ प्रवेश गराउने पहिलो कम्पनीका रुपमा रियलमीलाई मूल्यांकन गरेको छ । ‘५जी’ नेटवर्क केवल उच्च मूल्यका मोबाइल फोनको मात्र विशेषाधिकार होइन भन्नेमा रियलमी विश्वास गर्दछ । कम्पनीले उन्नत प्रविधि र ‘५जी’ नेटवर्क सबैको पहुँचमा पु-याउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया