Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगह्वाइट लोटस मोटर्सको विद्युतीय स्कुटर -याली

ह्वाइट लोटस मोटर्सको विद्युतीय स्कुटर -याली


काठमाडौं ।
पियोर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सले द ग्रिन माइल -याली आयोजना गरेको छ । ‘दैनिक यात्राको लागि वातावरणमैत्री विकल्प रोजौँ’ भन्ने नारासाथ गत शनिबार उक्त -याली आयोजना गरिएको हो । बिहान १० बजे पिओर इभको नक्साल शोरुमदेखि सुरु भई धुलिखेलको धुलिखेल लज रिसोर्टमा पुगेर -यालीको अन्त्य भएको थियो । पहिलो पटक भएको कम्पनीको -यालीमा ५० भन्दा बढी इलेक्ट्रिक स्कुटर चालकहरुको सहभागिता थियो ।

कम्पनीको पिओर इभ फ्ल्यागसिप मोडेल इपिलुटो सेभेन जी डिसेम्बर २०२० देखि नेपालमा बिक्री सुरु भएको थियो । साथै कम्पनीले अप्रिल २०२१ मा नयाँ मोडेल इन्ट्रान्स निओ बिक्री सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ । यस्तै कम्पनीको इप्लुटो सेभेन जी दुई हजार २ सय वाट मोटर, रिमोएबल ६० भोल्ट ४० एएच लिथियम आयोन ब्याट्री भएको इलेक्ट्रिक स्कुटर हो । जुन यो ३.५ घण्टामा रिचार्ज गर्न सकिन्छ र ६० किलोमिटरप्रति घण्टा तीव्रगतिमा र प्रतिचार्ज ११६ चलाउन सकिन्छ ।

एक औसत व्यक्तिले पेट्रोलबाट चल्ने स्कुटर चलाउँदाभन्दा ब्याट्रीबाट चल्ने स्कुटर प्रयोग गर्दा वार्षिक अनुमानित ५० हजार रुपैयाँ बचत हुने कम्पनीको भनाई छ । यस्तै वातावरण धुवा बाट प्रदुषित हुन कम हुन्छ भने पेट्रोलको पैसा र पेट्रोल पम्पमा गएर लाइन बस्दा हुने समय बचत हुन्छ । साथै पेट्रोल पम्पको लाइनले हुने ट्राफिक जाम पनि कम हुन्छ ।

ह्वाइट लोटस मोर्टसका प्रवन्ध निर्देशक अशोक खड्गीले नेपालमा दुई पांग्रे विद्युतीय सवारीले छोटो समयमा नै लोकप्रियता पाएको बताए । नेपाल राम्रो तथा इन्धन बचत गर्ने प्रविधि प्रयोगको जहिले पनि अग्रपंक्तिमा रहेको उनको भनाई छ । पिओर ईभ स्कुटरले नेपाल सरकारको नियम अनुसार रोड वर्थनेस टेष्ट पास गरि दर्ता प्रक्रियाको अनुमति लिन सफल भएको थियो । नेपालको ‘क‘वर्गको चार वटा बैंकसँग यसको फाईनासिङ सुविधा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया