Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनवीनताको उदाहरण– बास्किन रोबिन्स

नवीनताको उदाहरण– बास्किन रोबिन्स


काठमाडौं ।
सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालि (एसआईआईबीएल) को नाममा ज्योति ग्रुपले एफएमसीजी उद्योगको स्थापना गरेको हो । वर्षौँदेखि आइसक्रिमको कारोबार गर्दै आएको एसआईआइबीएलले द्रुतगतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ । बास्किन रोबिन्स आइसक्रिम उद्योगमा नवीनतम उदाहरण हो ।

ग्राहकलाई नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किँदै आएको छ, जसअन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रिम, अतिरिक्त चिनी नभएको, डेरीरहित आइसक्रिम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् ।

यस ब्रान्डले निरन्तर रुपमा आइसक्रिम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नवीकरण गर्दै जानेछ । ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तरढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोरमार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्नेछन् । यसका साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ । सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योति नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन सदैव अगाडि छन् ।

नेपालका ११ वटा सहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’लाई ग्रेभिस फुड प्रालिको साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ । विश्वमै सबैभन्दा बढी रुचाइने आइसक्रिम ट्रिट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रिम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधादायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया