Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएलजीको ‘नयाँ वर्ष विशेष सबैलाई’ अफर

एलजीको ‘नयाँ वर्ष विशेष सबैलाई’ अफर


काठमाडौं ।
एलजीले आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई, यस नयाँ वर्ष विशेष सबैलाई’ सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै कम्पनीले उक्त योजना सार्वजानिक गरेको हो । यस योजनाअनुसार एलजीको नेपालका लागि अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानको खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गर्ने भएको छ ।

जसअनुसार नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिरजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरमा ग्राहकहरुले साइड–बाइ–साइड डोर रेफ्रिरिजेरेटर किन्दा १४ हजार चार सय ९० रुपैयाँका माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिरिजेरेटरकोे खरिदमा २४ सय ५० रुपैयाँको स्ट्यान्ड फ्यान सित्तैमा पाउनेछन् ।

त्यस्तै, माइक्रोवेभ ओभनको खरिदमा २८ सय रुपैयाँको खाना पकाउने किट, डिस वासर र वासिङ मेसिन, वासिङ मेसिन फ्रन्ट लोड (नौ केजीमाथि)को खरिदमा ५२ सय ३० रुपैयाँको भेजिटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (आठ केजीसम्म)को खरिदमा २६ सय ५० रुपैयाँको इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा एक हजार २० रुपैयाँको ड्राइ आइरन सित्तैमा पाइन्छ । साथै, एसी किन्दा ४ हजार रुपैयाँ बराबरको जडान सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ । यो योजना बुधबारदेखि लागू गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया