Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ वर्षमा टीभीएसको उपहार योजना

नयाँ वर्षमा टीभीएसको उपहार योजना


काठमाडौं ।
टीभीएसले नयाँ वर्षको अवसरमा टीभीएस ‘वा, वाह, वाहह’ नामक ग्राहक योजना सञ्चालनमा ल्याएको छ । नयाँ २०७८ लाई लक्षित गर्दै कम्पनीले चैत ८ गतेबाट वैशाख ३१ गतेसम्मका लागि उक्त नयाँ वर्ष अफर सञ्चालनमा ल्याएको हो । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर छ ।

साथै योजनालाई ‘वा’बाट ‘वाह’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरूप प्रदान गरिनेछ । यस्तै ‘वा’बाट ‘वाह’ हुँदै ‘वाहह’सम्मको बनाउन योजनाको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरुप स्ट्यान्डर्ड एमटी भर्सनको नयाँ प्रोटोन सागा प्रदान गरिने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया