Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजम्बो इको भेहिकलद्वारा नेपालमा ‘लिभनिङ’को उत्कृष्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक

जम्बो इको भेहिकलद्वारा नेपालमा ‘लिभनिङ’को उत्कृष्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक


काठमाडौं ।
युरोपियन बजारमा निकै उत्कृष्ट मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटरलाई जम्बो इको भेहिकलले नेपालमा सार्वजनिक गरेको छ । पहिलोपटक इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको कम्पनीले लिभनिङ इलेक्ट्रिक स्कुटरहरुमध्येकै उत्कृष्ट भएको दाबी गरेको छ । आइतबार औपचारिक रुपमा स्कुटर सार्वजनिकको घोषणा गर्दै जम्बो इको भेहिकलका प्रोपाइटर नारायण गौतमले विश्वकै नविन र उच्च टेक्नोलोजीमा निर्मित अधिकतम १२ सय वाटको सामसुङ लिथिलियम ब्याट्रीको प्रयोग भएको बताए ।

उक्त ब्याट्रीले एक पटकको फुलचार्जमा अधिकतम ८० किलोमिटर स्कुटर गुडाउन सकिन्छ । एक पटकको फुल चार्ज हुन अधिकतम १.५ युनिट विद्युत् खपत हुने र विद्युत् खपतका हिसाबले करिब १५ रुपैयाँ मात्र खर्च हुने कम्पनीको भनाइ छ । अर्थात् १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर स्कुटर गुड्नसक्छ । यसको अतिरिक्त स्कुटरमा मोबाइल चार्जिङ्ग, ब्ल्युटुथ कनेक्टिभिटी, अडियो सिस्टम र सेन्सरलगायतका आवश्यक फिचर्स समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

लिभनिङ ब्राण्डमा एक्स१ र एस५ र जम्बो ब्राण्डमा डी०६ र एम२० चारवटा मोडल कम्पनीले एकैपटक सार्वजनिक गरेको थियो । कम्पनीले एक्स१ मा दुई हजार २०, एस५ मा तीन हजार, डी०६ मा दुई हजार र एम२० मा एक हजार पाँच सय वाटको मोटर जडान गरिएको जनाएको छ । कम्पनीका अनुसार एक्स१ को बजार मूल्य दुई लाख ६० हजार, एस५ को दुई लाख ९९ हजार नौ सय ९९, डी०६ को दुई लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया