Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिलालाई उद्यमशील र स्वरोजगार बनाउने अभियानमा ग्लो टु ग्लो स्टुडियो

महिलालाई उद्यमशील र स्वरोजगार बनाउने अभियानमा ग्लो टु ग्लो स्टुडियो


काठमाडौं ।

महिलालाई उद्यमशील र स्वरोजगार बनाउने अभियानमा ‘ग्लो टु ग्लोः दि ब्युटी स्टुडियो’ लागेको छ । स्टुडियोले कोरोना प्रकोपका बाबजुद पनि देशभरिका एक सय ५० भन्दा बढी महिलाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरेका ब्युटिसियनहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । स्टुडियोकी प्रबन्धनिर्देशक बिनिता शाहका अनुसार मेकअप र हेयर डिजाइनको विशेषज्ञता तालिम प्रदान गरिएको हो । स्टुडियोले विश्वबजारको नवीनतम प्रयोग र नेपालमा देखिएको ट्रेण्डलाई अझै परिष्कृत ढंगले अघि बढाइरहेको शाहले बताइन् ।

स्टुडियोले हरेक वर्ष कार्यक्रम गरेर तालिममा सहभागी भएका ब्युटिसियनहरूलाई प्रमाणपत्र दिने गरेको छ । सबै मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट र सफल ब्युटिसियन वा प्रोफेसनल आर्टिस्टहरूलाई एकै ठाउँमा भेला पारेर अनुभव आदानप्रदान गरिएको जानकारी शाहले दिइन् । ‘नेपालमा धेरै मानिसहरूलाई उदीयमान स्टार्टअपको रुपमा यो क्षेत्र रहेको भन्ने कुरा थाहा नहुन सक्छ, नेपालमा अहिलेसम्म मेकअप आर्टिस्ट र हेयर आर्टिस्ट केन्द्रित कार्यक्रम पनि छैन,’ प्रबन्धनिर्देशक शाहले भनिन्, ‘स्टार्टअप आर्टिस्टले प्रोफेसनल्सलाई भेटेर उनीहरूको अनुभव सुन्न सम्भव छैन, यद्यपि, ग्लो टु ग्लोका विद्यार्थीहरूलाई एउटै प्याल्टफर्ममा ल्याउने कोशिस हामीले गरेका हौं ।’

यसैबीच, स्टुडियोले दुबईमा पनि फेन्चाइज विस्तार गरेको छ । ‘हामीले हाम्रा विद्यार्थीहरू अन्तर्राष्ट्रिय आर्टिस्टको रुपमा काम गर्न सक्षम हुन् भन्ने लक्ष्यअनुसार फेन्चाइज सुरु गरेको हो,’ उनले भनिन् । ग्लो टु ग्लोलाई बहुराष्ट्रिय कम्पनीको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै शाहले अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन र विस्तारको प्रयासमा आफूहरू रहेको जानकारी दिइन् ।

ग्लो टु ग्लोको पहिलो कार्यक्रम अप्रिल २०१९ मा आयोजना गरेको थियो । जसमा नेपालका विभिन्न जिल्लाबाट ६० जनाभन्दा बढी सहभागी भएका थिए । यसैबीच, उक्त कार्यक्रममा ग्लो टु ग्लोमा तालिम लिएका ब्युटिसियन सुनिता कार्की र बबिता मानन्धरले आफ्नो अनुभव सुनाएका थिए । क्विज प्रतिस्पर्धाकी विजेता दीक्षा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया