
काठमाडौं ।
डिशहोमका ग्राहकहरुले अब डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा पाउने भएका छन् । डिशहोम फाइबर नेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् । डिशहोमको रिचार्ज गरी मासिक, त्रैमासिक अर्धवार्षिक वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पिडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासँग आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै भीओडीमार्फत नयाँ–नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् । डिशहोम गो वेभमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन् । साथै भीओडीमा हजारौँ घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरुविना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मज्जा लिन सक्नेछन् । डिशहोम फाइबर नेटले हाल बजारमा १० एमबीपीएस, २५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया