पञ्चकन्या फाउण्डेसन र अजिसबीच नीतिगत सम्झौता

काठमाडौं ।
पञ्चकन्या फाउण्डेसन र अजिसबीच नीतिगत सम्झौता भएको छ । वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो । पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखि नै अग्रणी रुपमा रहँदै आएको छ । यस्तै अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नका लागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रवर्द्धन गर्न मद्दत पु-याउने संस्था हो ।
साझेदारीको मुख्य उद्देश्य भनेको युवापुस्ता र वृद्धवृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्राचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु रहेको कम्पनीले जनाएको छ । यसको प्रत्येक शृंखलाले पाको उमेरका बूढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाइबारे भावी पिँढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ । यसको प्रत्येक शृंखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया