
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक इ–सेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशील कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्सलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले एक कार्यकर्ताबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे । कार्यक्रममा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले अहिले पनि ९० प्रतिशतभन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको भन्दै यसलाई डिजिटल बनाउन सहकरी र माइक्रोफाइनान्सको भूमिका ठूलो रहेको बताए ।
यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले इ–सेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुनुका साथै सहकारी र माइक्रोफाइनान्सको निक्षेप पनि बढ्ने बताए । यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउने उनको दाबी छ ।
सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रोफाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन् । उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन् । जसबाट सहकारी तथा माइक्रो फाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन् । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन् ।
कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्सका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रममा इ–सेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने, इ–सेवा मनि ट्रान्सफरका प्रमुख बिजनेस अधिकृत सागर खनाल र इन्फो डेभलपर्सका डेपुटी सीटीओ स्मरण दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेशनल सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँ, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव, शुक्रपथ बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेका बीचमा डिजिटल भुक्तानीको महत्व शीर्षकमा छलफल भएको थियो । छलफलको सहजीकरण कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिस ताम्राकारले गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया