अन्तर्राष्ट्रिय आईटी सम्मेलन ‘वर्डक्याम्प’ बुटवलमा
काठमाडौं, पुस २७
संसारको प्रख्यात वेबसाइट बनाउने सफ्टवेर ‘वर्डप्रेस’सम्बन्धी सम्मेलन ‘वर्डक्याम्प बुटवल २०२०’ को आयोजना हुने भएको छ । कार्यक्रम आगामी माघ ११ गते (जनवरी २५) का दिन बुटवलको योगीकुटी स्थित ‘द दरबार लन’मा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । बुटवलमा पहिलोपटक बृहत् रुपमा आयोजना हुन गइरहेको ‘वर्डक्याम्प बुटवल २०२०’ सूचना प्रविधिसम्बन्धी बुटवलकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको वर्डप्रेस बुटवल तथा वर्डक्याम्प बुटवलका लिडर एवं सफ्टवेयर डेभलपर माधव ढुंगानाले बताए ।
एक तथ्यांकअनुसार इन्टरनेटमा भएका विश्वभरिका वेबसाइटहरुमध्ये झण्डै ५ मा २ वटा वेबसाइटहरु वर्डप्रेस प्लेटफर्ममा बनेका छन् भने नेपालमा बनेका वेबसाइटहरुमध्ये झण्डै १० मा ६ वेबसाइटहरु वर्डप्रेस प्लेटफर्ममा बनेका छन् । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्नेदेखि ठूला समाचारमूलक वेबसाइट, इ–कमर्स वेबसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैरसरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात रहँदै आएको छ । वर्डप्रेस बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न र प्रयोग गर्न सकिने भएकोले यसको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ । नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने ५०० भन्दा बढी आइ टि कम्पनीहरू र हजारौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् ।
कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरुका साथै भारत र जापानका ख्यातिप्राप्त २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा प्रस्तुति दिने र अनुभव बाँड्नेछन् । कार्यक्रममा वर्डप्रेसका विभिन्न विधा र क्षेत्रसँग सम्बन्धित विषयमा छलफल र अन्तर्क्रिया पनि हुने हुनाले आईटीमा व्यावसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति, सूचना प्रविधिमा करियर बनाउन खोजेका विद्यार्थी तथा वर्डप्रेससँग सम्बन्धित व्यक्तिहरूसँग सम्बन्ध निर्माणको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।
कार्यक्रमका लागि इकमर्स, जेटप्याक, गोड्याडी, हब्स्पट, ब्लु होस्ट, ब्रोडवे इन्फोसिस, रिगोरस वेब, बुटवल वेब, इन्भाईट टेक, वेवपेज नेपाल, इनेप्सटर, प्रोसोर, हाईस्पिड कम्पुटर, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एंड इन्नोवेशन, लक्ष्मी इलेक्ट्रोनिक्सलगायतका वर्डप्रेससँग सम्बन्धित विभिन्न स्वदेशी तथा विदेशी संस्थाले प्रायोजन गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को आगमनसँगै गर्न लागिएको यस अन्तर्राष्ट्रिय कार्यक्रममा जापान, भारतलगायत विभिन्न देशबाट सहभागीहरु आउने भएको हुँदा भ्रमण वर्ष २०२० लाई पनि सफल पार्न सहयोग हुने बताइएको छ । कार्यक्रममा देश तथा विदेशभरबाट ५ सय जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया