
दोलखा ।
दोलखाको शैलुङ गाउँपालिकामा शैलुङ साइन्स पार्क निर्माण हुने भएको छ । शैलुङ गाउँपालिकाका स्थानीय बुद्धिजीवीहरु तथा शैलुङ गाउँपालिकाको पहलमा शैलुङ गाउँपालिका–८, शैलुङ्गेश्वरको पोखरीडाँडामा शैलुङ साइन्स पार्क निर्माण हुने भएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले शैलुङ गाउँपालिकाको विभिन्न तीन स्थानमा अध्ययन गरी बुझाएको प्रतिवेदनमा पोखरीडाँडामा शैलुङ साइन्स पार्क फिजिबल रहेको उल्लेख छ । नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले गत माघ ९ र १० मा शैलुङ गाउँपालिकाको विभिन्न स्थानमा गरेको स्थलगत अध्ययन गरेपछि शैलुङ साइन्स पार्क निर्माणको प्रक्रिया अघि बढेको हो ।
विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, विज्ञहरु र नास्टको टोलीले शैलुङ गाउँपालिकाको पोखरीडाँडा, फलामपोखरी र राँकेडाँडामा दुई दिनसम्म स्थलगत अध्ययन गरेको शैलुङ साइन्स पार्कका अभियन्ता शोभित उप्रेतीले जानकारी दिए । नास्टले शैलुङ गाउँपालिका–८, शैलुङ्गेश्वरको पोखरीडाँडामा शैलुङ साइन्स पार्क निर्माण प्रक्रिया अघि बढाएको उप्रेतीले जानकारी दिए । जग्गा प्राप्तिपछि आगामी आर्थिक वर्षबाट काम सुरु गरेर चार वर्षमा निर्माण गरिसक्ने नास्टको योजना छ ।
शैलुङ साइन्स पार्क स्थापनापछि अनुसन्धान र विकासको कामलाई बढावा दिने, वैज्ञानिक ज्ञान तथा प्रविधिको प्रवाह गरिने र स्थानीय प्रविधि र परम्पराको संरक्षणमा सहज हुने बताइएको छ । शैलुङ साइन्स पार्कमा अन्तरिक्ष टेक्नोलोजी मोडेल, जैविक उद्यान, जलवायु नवीनता केन्द्र, नवीकरणीय ऊर्जा मोडेल, विद्यालय तथा कलेजस्तरका विज्ञान मोडेल र प्रयोगशालाहरू, स्थानीय आविष्कारहरूको प्रदर्शन, चिकित्सा र स्वास्थ्य प्रविधि, स्थानीय वास्तुकला तथा इन्जिनियरिङ संरचना हुने नास्टको प्रतिवेदनमा उल्लेख छ । पार्कमा अडिटोरियम, सडकहरू, पैदलमार्गहरू, विज्ञान, प्रविधि र संग्रहालय, प्रयोगात्मकस्थल र सहयोग केन्द्र, पिकनिट स्पटलगायतका संरचनाहरु पनि बन्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया