पञ्चकन्याको सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप बजारमा
बीरगञ्ज, पुस २७
पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाइप तथा फिटिङ र ट्रान्सपरेन्ट फिटिङ्ग भित्र्याउन सफल भएको छ । उक्त ग्रेडका पाइपहरुको आधिकारिक अनावरण एक कार्यक्रमका बीच शुक्रबार होटल -याडिसनमा गरिएको थियो । कम्पनीका अनुसार फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यूभी रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसाबले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फायर स्प्रिंकलरको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी ट्रान्सपरेन्ट फिटिङ्ग तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महंगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाइपभन्दा बलियो र बढी चाप वहन गर्नसक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेक्युसी कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्डर्डबाट बनाइने हुँदा कम्तीमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाइप तथा फिटिङ्गमा नेपाल गुणस्तर चिह्न र भारतीय मानक ब्यूरो आईएसआई चिह्न प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिबद्धता तथा सदैव विश्वासिलो र सधैँ एक कदम अगाडि भन्ने आफ्नो मूलमन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया