Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक

नेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक


काठमाडौं ।
शाओमीले रेडमी नोट शृंखलाको दशौँ पुस्ता स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरुसहित कम्पनीले रेडमी नोट १० नेपालमा ल्याएको हो । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हर्टज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरका साथ उपलब्ध छ । यसले यसलाई १०/१० अङ्कको स्मार्टफोन बनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको सुरु भएदेखि नै नोट शृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए ।

कम्पनीका अनुसार रेडमी नोट १० यस शृंखलाको अलराउन्ड च्याम्पियन एक स्मार्टफोन होे । यो स्मार्टफोन डिस्प्ले १८० हर्टज टच स्याम्पलिङ रेटको साथ आउँछ । रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टेरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइब्रेसन मोटर पनि रहेको कम्पनीले जनाएको छ । यसलाई आकस्मिक झर्नबाट जोगाउन कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ ।

सुरक्षित अनलकको लागि यसमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा पनि रहेको छ । जुन डबल–ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ सञ्चालित हुन्छ । यसमा आईआर ब्लास्टर र ३.५ एमएम ज्याक पनि उपलब्ध छ । कम्पनीका अनुसार यसमा क्वालकम स्न्यापड्रागन टिएम ६७८ युएफएस २.२ स्टोरेज रहेको छ । यसमा स्न्यापड्रागन एड्रेनो ६१२ ग्राफिक्स चिपसेट र १२८ जीबी युएफएस २.२ स्टोरेजसम्मको ६ जीबी एलपीडीडीआरफोरएक्स ¥याम पनि रहेको छ ।

कम्पनीका अनुसार यो फोन ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ, जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ । यसमा ४८ एमपी सेन्सर भएको आठ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, टु एमपी गहिराइ भएको सेन्सर र टु एमपी म्याक्रो सेन्सरका साथ जोडिएको छ । साथै अगाडि एक १३ एमपी क्यामेरा पनि छ । यसमा ठूलो पाँच हजार एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्स रहेको छ ।

रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ । थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका छ । धुलो र पानी पस्नबाट बचाउन रेडमी नोट १० आईपी ५२ रेटिङका साथ उपलब्ध रहेको कम्पनीको भनाइ छ । यसमा सर्ज प्रोटेक्सन, स्मार्टफोनको दीर्घायु सुनिश्चित गर्न कोर्रोसन प्रतिरोधी पोर्ट र रबरयुक्त पोर्ट पनि प्रदान गरिएको छ ।

रेडमी नोट १० फ्रस्ट ह्वाइट, एक्वा ग्रिन र स्याडो ब्ल्याक कलर भेरियन्टमा उपलब्ध रहेको छ । हाल रेडमी नोट १० नेपालमा अनलाइन र अफलाइन स्टोरहरुमा उपलब्ध छ । यसको मूल्य भने ४/६४ जीबीको २१ हजार नौ सय ९९ रुपैयाँ, ४/१२८ जीबीको २२ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ जीबीको मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया