Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ वर्षको उपलक्ष्यमा ओप्पो ए१२को मूल्य घटाइयो

नयाँ वर्षको उपलक्ष्यमा ओप्पो ए१२को मूल्य घटाइयो


काठमाडौं ।
ओप्पोले नजिकिँदो नेपाली नयाँ वर्षको उपलक्ष्यमा ओप्पो ए१२ ३ जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ  । पहिले १६ हजार पाँच सय ९० रुपैयाँ मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै कम्पनीले १४ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रंगमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा एक सय ६५ ग्राम रहेको छ ।

त्यस्तै ओप्पोले आउँदा दिनमा नयाँ वर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ । कम्पनीका अनुसार ओप्पो ए१२ ३ जीबीको डिस्प्लेको कुरा गर्दा यसमा ७२०×१५२० पिक्सेल्ससहितको ६.२२ इन्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी दुई सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानलसहितको यो फोनको एस्पेक्ट रेसियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेसियो ८९ प्रतिशत छ ।

फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि–टच, इन–सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री छ । साथै यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३ एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच–टू–फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्यासको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा पाँच एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

ओप्पो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी÷सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी -याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर–माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधापनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा चार हजार दुई सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया