Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग२.२५ लिटरको कोका–कोला प्याक खरिदमा २५० मिलिलिटर निःशुल्क

२.२५ लिटरको कोका–कोला प्याक खरिदमा २५० मिलिलिटर निःशुल्क


काठमाडौं ।
नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले यस गर्मीमा ‘घरमा स्पेसल खानाको सानो ट्रिट’ ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ ।

उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा दुई सय ५० मिलिलिटर प्याकको निःशुल्क प्राप्त गर्नेछन् । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको सुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश–कोकसँग एउटा साधारण खाना पनि एक उत्सवमा परिणत हुनसक्छ भन्ने रहेको छ ।

कोका–कोलाले सधैँ उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधैँ युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ । कोका–कोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउनेछन् भन्ने लक्ष्य राखेको छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीको भनाइ छ । यस अफरविनाका स्टकहरु पनि बजारमा उपलब्ध छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया