Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनववर्ष अभियानको तयारी पूरा गर्दै दराज

नववर्ष अभियानको तयारी पूरा गर्दै दराज


काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले आगामी आइतबारदेखि नववर्षको भव्य सेल–दराज ‘नववर्ष २०७८’ सुरु हुने घोषणा गरेको छ । नयाँ वर्षमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको छ ।

दराज नववर्ष २०७८ को प्रमुख आकर्षणहरूमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजार रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । डेबिट कार्डधारकहरूले एक हजार रुपैयाँसम्मको थप छुट पाउनेछन् र क्रेडिट कार्डधारकहरूले एक हजार पाँच सय रुपैयाँसम्मको थप छुट पाउनेछन् ।

पेमेन्ट पार्टनरहरुमा भने नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक, साथै ग्राहकहरुले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सयसम्मको विशेष छुट पाउन सक्छन् । यतिमात्र नभई, ग्राहकहरु खेल एक रुपैयाँको, एड टु कार्ट, मिसन नववर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्नेछन् ।

यसका साथै दराज बिक्रेताका लागि पनि राम्रो खबर छ। गत बिहीबारदेखि दराजले बिक्रेताहरुलाई १४ दिनको सट्टा प्रत्येक सात दिनमा साप्ताहिक भुक्तानीहरू प्रदान गर्नेछ । दराज नववर्ष २०७८ को लागि उत्साहित दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिङ्गले गएको एक वर्ष कोरोना महामारीको कारणले समय निकै कठिन भएको बताउँदै नयाँ वर्ष २०७८ सबैको लागि राम्रो समय रहने बताए । ‘हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौँ’, उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया