Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘एसपीओटू’ मोनिटरिङसहित ओप्पो ब्याण्ड स्टाइल नेपालमा उपलब्ध

‘एसपीओटू’ मोनिटरिङसहित ओप्पो ब्याण्ड स्टाइल नेपालमा उपलब्ध


काठमाडौं ।
‘एसपीओटू’ मोनिटरिङसहित ओप्पो ब्याण्ड स्टाइल नेपाली बजारमा उपलब्ध हुने भएको छ । मार्च २३ का दिन काठमाडौंको न्युरोडमा आयोजित आधिकारिक फस्र्ट सेल कार्यक्रममार्फत ओपो एफ–१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्री आरम्भ गरेको थियो । ओप्पो वाट्च सिरिजअन्तर्गत ओप्पोको वेयरेबल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन समेत रहेको छ ।

नयाँ ओप्पो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेसन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्युओस् ब्लड अक्सिजन मोनिटरिङ फंक्सन पनि दिइएको छ । ओप्पो ब्याण्डले सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फंक्सन पनि उपलब्ध गराउँछ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१ इन्च फुल/कलर एमोलेड स्क्रिन जडान गरिएको छ । यस्तै प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याण्डको छनोट तथा प्रयोग गर्न सकून् भन्ने सोचका साथ यसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दुई आकर्षक स्ट्रयाप डिजाइनमा उपलब्ध गरिएको छ ।

निरन्तर एसपीओटु मोनिटरिङ : अहिलको व्यस्त समयमा अधबैंसे तथा वृद्धाहरुमा निद्राको समस्या कुनै नौलो कुरा रहेन । युवावर्गमाझ पनि तनाव तथा व्यस्त कार्यतालिकालगायत कारणले गर्दा निद्रासम्बन्धी समस्याहरु बढ्दै गइरहेको पाइन्छ । ओप्पो ब्याण्ड हेल्थ मोनिटरिङ फंक्सनले निद्रासम्बन्धी समस्या पहिचान गर्ने कार्यमा सहयोग पु-याउँछ । ब्याण्डले एक्युरेट स्लिप मोनिटरिङ, हर्ट रेट मोनिटरिङ र कन्टिन्युओस एसपीओटु मोनिटरिङजस्ता फंक्सन सपोर्टमार्फत प्रयोगकर्ताका समग्र निद्रा स्वास्थ्य रेकर्ड गर्नुका साथै विश्लेषण प्रदान गर्छ ।

यसमा दिइएको अप्टिकल ब्लड अक्सिजन सेन्सरका कारण ब्याण्डले निरन्तर एसपीओटु मोनिटरिङ गर्ने क्षमता राख्छ । यसको माध्यमबाट ओप्पो ब्याण्डले प्रयोगकर्ता सुतिरहेको अवस्थामा पनि निरन्तररुपमा ब्लड अक्सिजन स्याचुरेसन पर सेकेण्ड मोनिटर गर्छ । यसले आठ घण्टाको स्लिप साइकलका दौरान लगातार २८ हजार आठ सय पटक पूर्णतया प्रयोगकर्ताको बडी अक्सिजन स्याचुरेसन मापन गर्दै एसपीओटु मोनिटरिङ गर्छ । यसमा रहेको कन्टिन्युओस् एसपीओटू मोनिटर र प्रोफेसनल स्लिप मोनिटरमार्फत प्रयोगकर्तालाई स्वस्थ स्लिप ह्याबिट्सको विकास गर्न सहयोग मिल्छ ।

ओप्पो ब्याण्डमा हर्ट रेट मोनिटरको पनि व्यवस्था गरिएको छ । यसमा रहेको अप्टिकल हर्ट रेट सेन्सरले चौबीसै घण्टा प्रयोगकर्ताको हर्टरेट मोनिटर गर्छ । धड्कन बढी हुँदा अनियमितताको जानकारी प्रयोगकर्तालाई दिन स्मार्ट ब्याण्ड स्वचालितरुपमा भाइब्रेट हुन्छ । व्यायामका दौरान ओप्पो ब्याण्डले धड्कन मापन गर्ने हुँदा प्रयोगकर्ताले अत्यधिक ट्रेनिङ गर्नुबाट जोगिँदै आफूले गर्नुपर्ने मिहिनेतबारे बुझ्दै सहजै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।

सक्रिय जीवनका लागि १२ वर्कआउट मोड : निद्रा सम्बन्धित स्वास्थ्य समस्याका साथै युवाहरु व्यायामका बारेमा पनि उत्तिकै चिन्तित हुने गर्छन् । यसको समाधान उपलब्ध गराउन ओप्पो ब्याण्डमा रनिङ, वाकिङ, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, क्रिकेट, योगालगायत युवावर्गमाझ लोकप्रिय खेल सम्बन्धित १२ वर्कआउट मोड सम्मिलित गरिएको छ । ओप्पो ब्याण्डले प्रयोगकर्ताका एक्सरसाइजिङ डाटा रेकर्ड गर्ने हुँदा प्रयोगकर्ताले हेट्याप हेल्थ एपमार्फत आफ्नो प्रगति नियाल्दै सक्रिय जीवनका लागि थप प्रेरित हुने अवसर पाउँछन् ।

हरेक पहिरनमा सुहाउँदो डिजाइन : आफ्ना व्यक्तिगत पृथक् स्टाइल प्रदर्शित गर्ने युवापुस्ताका चाहनाअनुसार ओप्पो ब्याण्डमा कम्पनीले वाट्च फेस र स्ट्र्यापमा बृहत् छनोटको अवसर प्रदान गरेको छ । ओप्पो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दुई स्टाइलमा उपलब्ध गरिएको छ । त्यसैगरी, वाट्च फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहना अनुसार छनोट गर्न सकून् भन्ने सोचका साथ ओप्पो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ ।

दीर्घकालीन सुविधा : ओप्पो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत काम गर्ने क्षमता राख्छ । प्रयोगकर्ताले ब्याण्डमार्फत नै सन्देश, कल नोटिफिकेसन प्राप्त गर्ने, म्यूजिक प्लेब्याक नियन्त्रण तथा आफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् । ओप्पो ब्याण्डमा उच्च कार्यक्षमताको लो पावर्ड प्रोसेसरको प्रयोग गरिएको छ । सय एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमा चार्ज हुन्छ । आकर्षक डिजाइन र उच्चकोटीको फिटनेस क्षमतासहितको यो ब्याण्डको नेपाली बजारमा मूल्य पाँच हजार पाँच सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया