Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको स्प्रिङ अफर

टेलिकमको स्प्रिङ अफर


काठमाडौं ।
नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गतका सेवाहरु मंगलबारदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछन् । कम्पनीका अनुसार यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो ।

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन पाँच सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर जम्मा दुई सय ९९ रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । स्प्रिङ अफरअन्तर्गत नै एक सय २५ रुपैयाँमा सबै नेटवर्कमा एक जीबी र फोरजी नेटवर्कमा थप तीन जीबी गरी जम्मा चार जीबी डाटा अफर ल्याइएको छ । पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा एक सय मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि चौबीसै घण्टा प्रयोग गर्न सकिन्छ । साथै, दुई घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ ।

यो अफर चौबीसै घण्टा कुनै पनि समयमा उपयोग गर्न सकिन्छ । यस्तै नयाँ वर्षको अवसरमा कम्पनीका जीएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा दुई सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याकअन्तर्गत लिइएको तीन जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसैगरी डाटा प्याकअन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ ।

यो प्याक सात दिनसम्म चौबीसै घण्टा प्रयोग गर्न सकिन्छ । सीडीएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याक्स डायल गर्नुपर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया