Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको नयाँ वर्ष भव्य सेल योजना

दराजको नयाँ वर्ष भव्य सेल योजना


काठमाडौं ।
दराजले नयाँ वर्षको अवसरमा भव्य सेल योजना ‘दराज नववर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । आइतबारबाट सुरु भएको उक्त सेल वैशाख ७ गतेसम्म चल्ने बताइएको छ । नयाँ वर्षको भव्य सेलमा विभिन्न सामानमा विशेष छुटका साथै बम्पर उपहार प्रदान गर्ने जनाएको छ । दराजले विभिन्न सामान जस्तै घरायसी सामानहरू, ग्याजेट, फेसन, किराना लगायतमा विशेष छुटको घोषणा गरेको छ । त्यसैगरी पूर्व–भुक्तानी गर्दा पनि छुट दिने दराजले जनाएको छ । दराजले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताका लागि पनि विशेष छुट दिने भएको छ । जसमा बैंकका कार्डमार्फत सामान खरिद गर्ने ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

दराजमा सामान खरिद गर्ने नबिल, सानिमा, एनएमबी, मेगा, माछापुच्छ्रे, सनराइज, एआईसी एसिया, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन बैंकका ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका हुन् । ग्राहकहरुले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि पाँच सयसम्मको विशेष छुट पाउन सक्नेछन् । यसबाहेक, भिसा कार्ड प्रयोगकर्ताले दराजमा आफ्नो पहिलो खरिदमा पूर्व–भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तामा लिनसक्ने दराजले जनाएको छ ।

यस अभियानमा दराजले खेल एक रुपैयाँको (वन रुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरेको छ जसमा दराज प्रयोगकर्ताहरूले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमिडिया स्पिकर, एक्स–एज ट्याब ४० जस्ता पुरस्कार मात्र एक रुपैयाँमा जित्न सक्नेछन् । दराजको नववर्ष सेलमा बिक्रेता र ब्रान्डहरुले पनि थप छुट दिने भएका छन् । जसमा वन प्लस, मसाला बिड्स, अमार्य, मन्त्र, अर्क, लोट्टो, सिजी लाइफ, बाल्ट्रा, काम्लिंत, म्याकेंरो र फिलिप्स रहेका छन् । दराजले यस भव्य सेललाई नेपालको ४५ भन्दा बढी सहरहरुमा पु-याउने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया