Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट

नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट


काठमाडौं ।
नेचर सुपर मार्केट प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ । अफअन्तर्गत निलकमल ब्राण्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बासमती चामलमा विशेष छुट प्रदान हुनेछ ।

निलकमल सोयाबिनमा प्रतिएक लिटर ३३ रूपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रतिलिटर २३ रूपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । दुई सय ३८ रूपैयाँ मूल्य पर्ने निलकमल सोयाबिनलाई दुई सय पाँच रूपैयाँमा र दुई सय ४८ रूपैयाँ मूल्य पर्ने निलकमल सनफ्लावर तेललाई दुई सय २५ रूपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।

त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक किलोको दुई सय ५६ रूपैयाँ पर्नेमा अफर मूल्य एक सय ७५ मात्रै कायम गरिएको छ । एक किलोमा ग्राहकले ८१ रूपैयाँ बचत गर्ने सक्नेछन् । पाँच किलोको मूल्य एक हजार दुई सय रूपैयाँ पर्नेमा अफर मूल्य आठ सय ७५ रूपैयाँ कायम गरिएको छ । पाँच किलो चामल खरिद गर्दा ग्राहकले तीन सय २५ रूपैयाँ बचत गर्न सक्नेछन् । २० किलोको मूल्य चार हजार आठ सय रूपैयाँ रहेकोमा अफर मूल्य तीन हजार दुई सय रूपैयाँ कायम गरिएको छ । २० किलो चामल खरिद गर्दा ग्राहकले एक हजार छ सय रूपैयाँ बचत गर्न सक्छन् ।

ग्यालेक्सी प्रिमियम बासमती २० किलोको मूल्य तीन हजार तीन सय ६० रूपैयाँ रहेकोमा अफर मूल्य दुई हजार छ सय ५० कायम गरिएको छ । यो चामलमा ग्राहकले सात सय १० रूपैयाँ बचत गर्न सक्नेछन् । वैशाख १ गतेबाट लागू हुने यो अफर जेठ १ गतेसम्म जारी रहने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए ।

नेचर सुपर मार्केटसँग जोडिएका उपभोक्ताको चुलोलाई सस्तो बनाउने उद्देश्यले विशेष छुटसहितको अफर ल्याइएको धामीले बताए । ‘बजारमा महँगी बढिरहेको छ’, धामीले भने, ‘महँगीलाई कम गर्दै ग्राहक र नेचर सुपर मार्केटबीचको पारिवारिक सम्बन्ध अझ प्रगाढ बढाउन यो अफर फलदायी हुनेमा हामी विश्वस्त छौँ ।’ 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया