Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीले नेपालमा एमआई टिभी स्टिक ल्याउने

शाओमीले नेपालमा एमआई टिभी स्टिक ल्याउने


काठमाडौं ।
शाओमीले एक स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टिभी स्टिकको शुभारम्भको घोषणा गरेको छ । यसले कुनै पनि नन–स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ । एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत पाँच हजारभन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्ने कम्पनीको भनाइ छ ।

एक स्लिम र स्लिक डिजाइन भएको एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको छ । प्रयोगकर्ताहरुले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टिभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गरेर लिन सक्छन् । ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटीएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ । यसका अतिरिक्त एमआई टिभी स्टिक क्वाड–कोर प्रोसेसरसहितको एक जीबी ¥याम र आठ जीबीको इन्टरनल स्टोरेजको सहज प्रदर्शनको आश्वासनसहितको प्रोसेसरबाट पनि सुसज्जित छ ।

एन्ड्रोइड टिभी ९.०
एन्ड्रोइड टिभीको संस्करण (९.०)मा सञ्चालित एमआईटिभी स्टिकले प्रयोगकर्ताहरुका लागि ‘वल्ड अफ कन्टेन्ट’को पहुँच दिएको छ । यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरञ्जनजस्ता लोकप्रिय ओटीटी प्लेयरहरुको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङ्गका लागि एक स्टप गन्तव्य बनेको छ । गुगल प्ले स्टोरमा पाँच हजारभन्दा बढी एप्लिकेसनहरुको उपलब्धताका साथ एमआईटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पहरुको अधिकता पनि प्रदान गरेको छ । यो मात्र नभईकन एमआई टिभी स्टिकमा नेटफ्लिक्स र प्राइम भिडियोको लागि बटनहरुको साथ ब्लुटुथ रिमोट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ, जसले गर्दा हजारौँ फ्लिमहरु र शोहरु मात्र एक क्लिकको साथ उपभोक्ताहरुको लागि प्रदान हुन्छ ।

गुगल सहायक र क्रोमकास्ट बिल्ट इन
एमआई टिभी स्टिकमा गुगल सहायकद्वारा सञ्चालित भ्वाइस सर्च रहेको छ, जसको मद्दतले प्रयोगकर्ताहरुले उनीहरुको दिन योजना बनाउन, पछिल्लो अपडेट/समाचारहरु प्राप्त गर्न, उनीहरुको मनपर्दो सामग्री प्ले/खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरणहरु नियन्त्रण गर्नका लागि उपयोग गर्न सक्छन् । यो क्रोमकास्टबिल्ट–इनको साथ उपलब्ध छ । यसले गर्दा प्रयोगकर्ताहरुले उनीहरुको सबै मन पर्ने एपहरुबाट सामग्रीहरु (मोबाइलहरु/ट्याब्लेटहरु/ल्यापटपहरु) कास्ट गर्न सक्छन् ।

डाटा सेभर
अनलाइन सामग्रीको खपतमा बढ्दो वृद्धिलाई ध्यानमा राखेर एमआई टिभी स्टिक गुगलको डाटा सेभर विशेष गरी नेपालको लागि प्रि–लोडेड भएर आउँछ । डाटा सेभरले तीन गुणा अधिक सामाग्री स्ट्रिमिङ्गको प्रदान गर्छ र साथसाथै तपाईँको डाटा प्रयोगको ट्र्याक पनि राख्छ । एमआई टिभी स्टिक नेपालको अनलाइन र अफलाइन स्टोेरहरुमा नयाँ वर्षको अवसर पारेर बुधबारदेखि पाँच हजार नौ सय ९९ रुपैयाँ मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया