Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईसीटी क्षेत्रमा योगदान पु-याउनेलाई पुरस्कार

आईसीटी क्षेत्रमा योगदान पु-याउनेलाई पुरस्कार


काठमाडौं ।
सरकारले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न पाँच विधामा आवेदन दिन एक सूचना जारी गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सो पुरस्कार वितरण गर्ने बताइएको छ ।

सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पु-याउने व्यक्ति तथा संस्थामध्ये सर्वोत्कृष्टलाई पाँच विधामा पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले नेशनल आईसीटी एक्सेलेन्स अवार्ड, नेशनल आईसीटी इन्नोभेसन अवार्ड, नेशनल आईसीटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आईसीटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आईसीटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्नेछ ।

सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवद्र्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारमको ढाँचा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । यही वैशाख ४ गतेभित्र आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम आईसिटिअवार्ड एट मोसिट डट जिओभी डट एनपी इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया