Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा ओप्पो ए५४ सार्वजनिक

नेपालमा ओप्पो ए५४ सार्वजनिक


काठमाडौं ।
ओप्पोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५४ सार्वजनिक गरेको छ । यसमा रहेको पाँच हजार एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरि ब्याट्रीको कुनै चिन्ताविना फोन प्रयोग गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको ब्याट्रीलाई एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई दिनभन्दा बढी चलाउन सकिन्छ ।

ए५४मा आठ सय पटकसम्म ढुक्क भई फोनको चार्ज गर्न सकियोस् भन्ने सोचका साथ सेफ्टी फिचर्स पनि दिइएको छ । ए५४मा चार्जिङका दौरान प्रयोगकर्ताको सुरक्षार्थ ब्याट्री ओभरचार्ज वा ओभर–डिस्चार्ज प्रोटेक्सन्स, शर्ट सर्किट वा ओभरकरेन्ट प्रोटेक्सनलगायत चार्जिङ प्रोटेक्सन डिजाइन पनि दिइएको छ । दुई दिनको पूर्ण प्रयोगपछि पूर्ण फोन चार्ज गर्नुपर्दा ए५४मा समाहित १८वाट फास्ट चार्जले मात्र दुई घण्टा २३ मिनेटभित्रै फोनलाई पूर्णरुपमा चार्ज गर्छ । टाइप–सी कनेक्टरको प्रयोग हुने ए५४मा सुपर पावर सेभिङ मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई, अप्टिमाइज्ड नाइट चार्जिङ स्मार्ट टेम्परेचर कन्ट्रोललगायत चार्जिङका बखत सुरक्षा प्रदान गर्ने फिचर्स पनि दिइएका छन् ।

रोम र डिस्प्ले : ४जीबी -याम र १२८जीबी रोमसहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार माइक्रो एसडी कार्डको प्रयोगमार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबीसम्म बढाउन सक्छन् । मिडियाटेक हेलियो पी३५ (एमटी६७६५) ओक्टा–कोर प्रोसेसरजडित यसमा हाईपरबुस्ट, डुअल च्यानल एक्सिलिरेसन सपोर्टका साथै तुलनात्मक रुपमा ठूलो अवाज फाल्ने क्षमतासहितको स्पिकरको पनि व्यवस्था गरिएको छ । फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन यसमा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिटसहितको अप्टिमल हिट डिस्सिपेसन प्रविधिको प्रयोग गरिएको छ ।

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी प्लस स्क्रिनले आँखालाई तनावरहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथ प्रदान गर्छ । यसमा ८९.२ प्रतिशत स्क्रिन–टू–बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै यसको फ्रन्ट क्यामेराको वरपर रहेको रिङ, चहकिलो सेल्फीका लागि बल्ने पनि गर्छ । त्यसैगरी यसमा सनलाइट स्क्रिन एण्ड मुनलाइट स्क्रिनको पनि व्यवस्था गरिएको छ । स्वचालित रुपमा स्क्रिनको ब्राइटनेस सेटिङ समायोजन गर्ने क्षमताका लागि यसमा एआई ब्याकलाइटिङ फिचरको पनि व्यवस्था गरिएको छ । ए५४ले प्रयोगकर्तामा फोनको प्रयोगका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि नीलो प्रकाशको प्रयोग सकेसम्म न्यून मात्रा गर्छ ।

डिजाइन र सेल्फी : कम्पनीका अनुसार फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ । यसले गर्दा फोन बलियो र सजिलै नबाङ्गिने हुनुका साथै बोक्दा आरामदायी अनुभव समेत प्राप्त हुन्छ । ए५४को वजन १९२ग्राम र मोटाइ जम्मा ८.४एमएम छ । त्यसैगरी फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधि पनि उपलब्ध गरिएका छन् ।

यसमा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीनवटा क्यामेराको समायोजन गरिएको छ । यसमा रहेका रियर क्यामेराले १३एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २ एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २ एमपी बोके क्यामेराको प्रयोग गर्छ । त्यसैगरी हरेक अवस्थामा उत्कृष्ट तस्बिरका लागि फोनमा ब्याकलाइट एचडीआर, ड्याजल कलर, एआई सिन रिकग्निसनलगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् । त्यसैगरी अल्ट्रानाइट मोड, फ्रण्ट तथा रियर क्यामेरा दुवैका लागि १५ वटा उत्कृष्ट फिल्टर्स र १८० डिग्री प्यानारोमा फिचर पनि फोनमा उपलब्ध छन् ।

ए५४मा एआई ब्युटिफिकेसन सुविधासहितको १६एमपी फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा रहेको बोकेले, बोके इफेक्टका साथै तस्बिरमा ब्युटिफिकेसन र फिल्टर्सको सुविधा पनि प्रदान गर्छ । फोनको रियर क्यामेराले ९० एफपीएसमा ७२० पीको स्लो–मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नुन, सब्टललगायत १० भिडियो फिल्टर्स पनि उपलब्ध छ ।

प्रिमियम गुणस्तर र सहजता : ओप्पो ए५४ले ए सिरिजका प्रमुख विशेषतालाई निरन्तरता दिँदै डिजाइनदेखि सुरक्षा फिचर्सका साथै उच्च गुणस्तर र प्रयोगकर्ताको सहजतालाई विशेष प्राथमिकता दिएको देखिन्छ । फोनमा दिइएको कलरओस ७.२ मार्फत कम्पनीले ब्ल्याक स्क्रिन मोड पनि उपलब्ध गराएको छ । यो फिचरले ब्याटी बचतका लागि उल्लेख्य सहयोग प्रदान गर्छ । साथै कलरओएस ७.२ ले तस्बिरमा रहेका अक्षरलाई प्रयोगकर्ताले बुझ्ने भाषामा अनुवाद गर्न सघाउने फोटो ट्रान्सलेटर फिचर पनि उपलब्ध गराउँछ ।

फोनको प्रिमियम गुणस्तरलाई अझ माथि लैजान कम्पनीले ए५४ मार्फत, ल्याबोरेटरी सेटिङ कन्डिसनमा इन्डष्ट्री स्ट्याण्डर्ड आईपीएक्स४ वाटरप्रुफ प्राप्त गरेको छ । यसका साथै पाँच तहको सुरक्षा उपलब्ध गराउन कम्पनीले ¥याडिएसन, क्लाइमेट, स्लाइट ड्रप र सिग्नललगायत अन्य प्रिसिजन क्वालिटी ट्रस्ट पनि अपनाएको छ ।

फोनमा गुणस्तरको सुनिश्चितताका लागि ए५४ले ५० प्रोडक्सन प्रोेसेस कन्ट्रोल, एक सय ३० भन्दा बढी अल्ट्रा–रिगोरियोस रिलाइबिलिटी टेस्ट्स र तीन सय २० भन्दा बढी एक्स्पेरिमेन्टल टेस्ट्समा पनि सफलतापूर्वक उत्तीर्ण भएपश्चात् मात्र बजारमा ल्याइन्छ । कम्पनीले ओप्पो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दुई आकर्षक रंगमा उपलब्ध गराएको छ । यसको मूल्य २५ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया