Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालको पहिलो मल्टि–ब्राण्डेड जुत्ता शोरुम सञ्चालनमा

नेपालको पहिलो मल्टि–ब्राण्डेड जुत्ता शोरुम सञ्चालनमा


काठमाडौं ।
विभिन्न पाँच नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम सञ्चालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा नवनिर्मित कम्प्लेक्सको भुइँ तल्लामा उक्त शोरुम रहेको छ ।

एकै छानामुनि विभिन्न ब्राण्डका नयाँ–नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने केटीएम सुजका सञ्चालक प्रमोद कुमार महतोले बताए । उक्त शोरुममा केटीएम सुज, भेनस सुज, बोस सुज, बेम्बो सुज तथा हिमानी लेडिज सुजका उत्कृष्ट उत्पादनहरु छन् । उक्त जुत्ता शोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट छ ।

यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेन्टी पनि दिएको छ । सिधै आफ्ना उप्पादनहरु उपभोक्तासामु पुग्ने हुनाले उपभोक्ताहरुको सुझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझावलाई कार्यान्वयन गर्ने उल्लेख छ । स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामुनि (सेभ द टाइम सेभ मनी) भन्ने नारा लिई उक्त शोरुम सञ्चालनमा आएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया