Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल कस्मेटिक अध्यक्षमा पौडेल

नेपाल कस्मेटिक अध्यक्षमा पौडेल


काठमाडौं, पुस २८
नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा लक्ष्मी प्रसाद पौडेल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल नेपाल कस्मेटिक व्यवसायी संघको संस्थापक अध्यक्ष हुन् । यस्तै संघको प्रथम उपाध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सीता पराजुली चयन भएका छन् । संघको सचिवमा केशव ज्ञवाली, सहसचिवमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिना चयन भएका छन् । यस्तै संघको केन्द्रिय सदस्यमा दिनेश श्रेष्ठ, श्याम प्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन भएका हुन् ।

आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । मुलुकभर करिब १५ हजार कस्मेटिक व्यवसायी रहेको र उनीहरुको हकहितका लागि कस्मेटिक व्यवसायी संघ छ वर्षअघि स्थापना भएको पनि अध्यक्ष पौडेलले जानकारी दिए । मुलुकभर रहेका कस्मेटिक व्यबसायीसँगै व्युटिपार्लर सञ्चालकहरु व्यबसायी पनि यो संघमा आबद्ध रहेका छन् । संघले अघिल्लो कार्यकालमा संघलाई सघाउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया