नाडा र आन्तरिक राजस्व विभागबीच कर प्रशासन र कर प्रणालीबारे छलफल
काठमाडौं, पुस २८
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रतिनिधि र आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरबीच नेपालको कर प्रशासन र कर प्रणालीबारे छलफल भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको आठ सदस्यीय नाडा प्रतिनिधिमण्डलले आइतबार आन्तरिक राजस्व विभागका महानिर्देशक कुँवरसँग भेटी फेयर ट्रेडलगायत नेपालको कर प्रशासन र कर प्रणालीबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायती रहँदै आएकोले त्यसको प्रवर्द्धनका लागि सदैव तत्पर रहने बताएका थिए । उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो गरे ।
कालोबजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दै आएको नेपालले बजारको माग र आपूर्तिका आधारमा वस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अंगीकार गर्नुपर्ने उनले जिकिर गरे । सोही क्रममा उनले सरकारको समृद्धिको नारालाई सबै क्षेत्रले भरथेग गर्नुपर्ने बताए । विभागका महानिर्देशक कुँवरले व्यावसायिक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवर्द्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताए । साथै उनले आपसी सूचना आदानप्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवर्द्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जाने बताए । उनले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अहं भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताए ।
वैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउँदै उनले अब नयाँ आर्थिक ऐन आएपछि नाडासँग पुनः औपचारिक रुपमा छलफल गर्ने बताए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया