Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलण्डन बियर प्रतियोगितमा अर्ना बियर विजयी

लण्डन बियर प्रतियोगितमा अर्ना बियर विजयी


काठमाडौं ।
संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७ मा आयोजित ‘लण्डन बियर कम्पिटिसन २०२१’ मा अर्ना आठ तथा अर्ना लाइट बियरले क्रमशः रजत र कांस्यपदक हासिल गर्न सफल भएको छ । जुन विश्व बियर उद्योगमा सर्वोच्च मान्यताप्राप्त प्रतियोगिता हो ।

यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।

लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको विभिन्न विधाहरुमा मूल्यांकन गरी विजेता घोषणा गरेका थिए । लण्डन बियर प्रतिस्पर्धाले गुणस्तरलगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवम उपभोक्ता तथा अन्य सहभागीहरुलगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।

यस स्पर्धाका निर्णायकहरु बियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु विश्लेषक, उत्पादन पक्ष, बिक्रीवितरण, व्यापार प्रवद्र्धन पक्ष, शैक्षिक क्षेत्रलगायतको प्रतिनिधित्व हुने गरी छनोट गरिएको थियो । अर्ना ८ ले १०० पूर्णांकमा ८५ अंक प्राप्त गरी रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइटले ७२ अंकका साथ कांस्यपदक प्राप्त गरेको छ । यो जित यति ब्रुअरी प्रालिको मात्र नभई मुलुककै लागि पनि गर्वको विषय भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया