Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगम्यारियट होटलको दोस्रो वार्षिकोत्सव

म्यारियट होटलको दोस्रो वार्षिकोत्सव


काठमाडौं ।
अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । होटलले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय यात्रुहरुलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको जनाएको छ । दुई वर्षको दौडमा होटेलले काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यञ्जनहरु प्रस्तुत गर्दै आइरहेको छ ।

होटलका अनुसार पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिङ र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ । थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यव्रmमहरु जस्तै वाक फर वाम्र्थ, थ्यांक्सगिभिङ डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

यो माइलस्टोन मनाउनका लागि काठमाडौँ म्यारियट होटेलले अप्रिल २०२१ को अन्त्यसम्म मात्र नेपाली १२ हजार ११ रुपैयाँमा विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ । होटलका जनरल म्यानेजर फाबियन मार्टिनेजले उत्तम सेवा प्रदान गर्ने व्रmममा होटलले निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेको बताए । उनका अनुसार काठमाडौँ म्यारियट होटलले महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको थियो ।

ह्याप्पीडेण्टको नयाँ ट्याग लाइन : ह्याप्पीडेण्टले नयाँ प्रचार अभियानको ट्याग लाइन ‘देखाऊ बत्तिसी, बन्छ काम हाँसेपछि’ सार्वजनिक गरेको छ । ह्याप्पीडेण्टको पछिल्लो नयाँ विज्ञापनले चम्किलो सेतो मुस्कानले पूर्णतया एक सक्षमकर्ता हुनुको अर्थ खुलाउँछ । ह्याप्पीडेण्टको परिकल्पना र अन्य सञ्चार अभियानले यसलाई नेपाली उपभोक्ताहरुको प्रिय बनाइदिएको कम्पनीको दाबी समेत छ । कम्पनीका अनुसार यो पछिल्लो प्रचार सामग्रीले अधिक भोल्टको मुस्कान वृत्तान्तलाई विवेकशीलतायुक्त युगल जोडीलाई रमाइलो मज्जाको भिन्न स्तरमा प्रस्तुत गर्दछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया