Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ१९ को बिक्री सुरु

ओप्पो एफ१९ को बिक्री सुरु


काठमाडौं ।
ओप्पोले नेपालमा एफ१९ को बिक्री आरम्भ गरेको छ । कम्पनीका अनुसार एफ१९ को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने ‘ट्रेण्डसेटिङ’ पुस्तालाई ध्यानमा राखी गरिएको छ ।

एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्चकोटीको प्रस्तुतिका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको छ । यसमा चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्नेतिर पनि विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । साथै यसमा क्वाल्कम स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ ।

फोनमा ६ जीबी -याम र १२८ जीबी रोमको व्यवस्था छ । ओप्पो एफ१९ प्रिजमब्ल्याक र मिडनाइट ब्ल्यू गरी दुई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ । यसको मूल्य ३४ हजार पाँच सय ९० रुपैयाँ निर्धारण गरिएको छ । साथै यसमा पाँच हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि पनि उपलब्ध छ । फोनमा ११ भी थ्रीए सोलुसनका साथमा मात्र ७२ मिनेटमै पूर्ण चार्ज वा ३० मिनेटमै ५४ प्रतिशत चार्ज भर्ने क्षमतासहितको ३३ वाट फ्ल्यास चार्ज प्रविधि पनि दिइएको छ ।

यसैगरी फोनमा मेन क्यामेराका साथै २ एमपी डेप्थक्यामेरा र २ एमपीमाक्रो क्यामेरा पनि जडान गरिएका छन् । फोनमा १५ आकर्षक फिल्टर्सको व्यवस्था, एआई सिन इन्हान्समेन्ट फिचरको व्यवस्था, नाइट मोडलगायतका फिचर्स छन् । यसमा सेल्फीका लागि १६ एमपीएआई सेल्फी क्यामेरा जडान गरिएको छ । साथै यसमा भिडियो सेयरिङमा सघाउने सोलुप फिचर पनि फोनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ओप्पो एफ१९ले सबैलाई स्लिम, वेलक्राफ्टेड, आकर्षक बडी डिजाइनमा समाहित गर्न सफल देखिन्छ । यसमा रहेको थ्रीडी कभ्र्ड ग्रिपले प्रयोगकर्तालाई फोन बोक्दा पनि उत्तिकै सहजता र आरामदायिताको अनुभव प्रदान गर्छ । फोनको चौडाइ जम्मा ७.९५ एमएम र वजन १७५ ग्राम रहेको छ ।

फोनमा रहेका तीन क्यामेरालाई कम्पनीले अधिकांश फ्ल्यागशिप स्मार्टफोन्समा पाइने अत्याधुनिक डिजाइन ट्रेण्डलाई दृष्टिगत गर्दैै रेक्ट्यांगुलर ओरियन्टेसनमा समायोजन गरेको छ । क्यामेराको डेकोरेटिभ पिसमा पछिल्ला पुस्ताका तुलनामा थप परिमार्जित साना कोणका गोलाकार कर्नरसहित डिजाइन गरिएको छ । साथै, यी डेकोरेटिभ रिंगले सुदृढ टेक्स्चरका साथै फोनलाई प्रिमियम लुक प्रदान गरेको छ ।

ओप्पो एफ१९मा अल्ट्रा–हाई रेजोलुसनसहितको एमोलेड एफएचडी प्लस पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको छ । यसमा उपलब्ध गरिएको अल–डे केयर फिचरको सुविधाले प्रयोगकर्ताका आँखालाई गेमिङ वा भिडियोको मज्जा लिई रहेका बखतमा समग्र सुरक्षा प्रदान गर्छ ।

ओप्पो एफ१९ मा दिइएको ९०.८ प्रतिशत अल्ट्रा–हाई स्क्रिन–टू–बडी रेसियोसहितको १६.३४ सीएम स्क्रिनले २४००×१०८० पी रेजोलुसन दिन्छ । स्क्रिनले ओगट्ने स्थानमा कमी हुन नदिन यसमा एकदमै पातलो १.६० एमएम बेजलसहितको ३.६८८एमएपञ्च–होल क्यामेराको प्रयोग गरिएको छ । क्यामेरा बेजलको चारैतिर फोन उठाउँदा तथा फ्रण्ट क्यामेराको प्रयोग गर्दा लाइट फाल्ने, होल पञ्च लाइट रिंग जडान गरिएको छ ।

साथै यसमा प्रयोगकर्ताको गोपनीयताको सुरक्षा तथा फोनको अवस्था सही राख्न समेत सघाउने फिचर्सहरुको राम्रो प्रबन्ध मिलाइएको छ । ब्याट्री जोगाउन फोनमा सुपर पावर सेभिङ मोडको व्यवस्था गरिएको छ । यसैगरी ओप्पोले सुपर नाइट टाइम स्ट्याण्डबाई मोडको व्यवस्था गरेको छ ।

यस्तै तात्ने सम्भावनाबाट जोगाउन यसमा एआई नाइट चार्ज फिचरको व्यवस्था छ । साथै, तापमानको नियन्त्रणका लागि फोनमा ग्राफाइट ट्युब्सको पनि प्रयोग गरिएको छ । फोनमा प्रयोग गरिएको कलरओएस ११.१ले प्रयोगकर्ताका व्यक्तिगत डाटा तथा गोपनीयताको सुरक्षार्थ फोनमा एप लक, प्राइभेट सेफलगायत फिचर्स पनि उपलब्ध गरिएका छन् । ओप्पो एफ१९मा लो ब्याट्री एसएमएस, अलसिनेरियो एसओएस, एसओएस सिग्नल लाइटलगायत अन्य सुरक्षा फिचर्स पनि उपलब्ध छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया