Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोटोरोलाको ई७ पावर स्मार्टफोन नेपालमा सार्वजनिक

मोटोरोलाको ई७ पावर स्मार्टफोन नेपालमा सार्वजनिक


काठमाडौँ ।
मोटोरोलाले आफ्ना इ शृंखलाको स्मार्टफोन मोटो ई७ पावर नेपालमा सार्वजनिक गरेको छ । यसमा उच्च श्रेणीका फिचरहरु रहेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यसको पावर र परफरमेन्स उत्कृष्ट रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री छ भने टाइप सी चार्जर लाग्छ । दुई जीबी एलपीडीडीआर४एक्स ¥याम रहेको फोनमा जी२५ ओक्टा कोर प्रोसेसर छ । यसबाहेक फोनमा ३२ जीबी स्टोरेज क्षमता छ भने त्यसलाई माइक्रो एसडीकार्डले बढाउन पनि मिल्छ ।

६.५ इन्च म्याक्सभिजन, एचडीप्लस, अल्ट्रावाइड डिस्प्ले, द्रुत र सुरक्षित फिंगरप्रिन्ट, स्टक एन्ड्रोइड एक्सपेरिएन्स र मोटो एक्सन, वाटर रिपेलेन्ट डिजाइन, फेज डिटेक्सर अटोफोकससहितको १३ मेगापिक्सेल डुअल क्यामरा, डेडिकेटेड गुगल एसिस्टेन्ट बटन र गुगल लेन्स लगायतका सुविधा छन् । फोनको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया