Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोभिड खोप लगाउनेलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट

कोभिड खोप लगाउनेलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट


काठमाडौँ ।
चन्द्रागिरि हिल्सले कोभिड– १९ को भ्याक्सिन लगाउनेलाई चन्द्रागिरि केवलकारको यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्नेछ । कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीको विश्वास छ । यो योजना वैशाख ०९ गतेबाट सुरू भई जेठ १७ सम्मको लागि मान्य हुनेछ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया