भारतको साट्टे पर्यटन मेलामा नेपाल सहभागी
काठमाडौं, पुस २९
नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश ७ र ३७ निजी पर्यटन ब्यवसायी कम्पनीहरुको साथमा भारतको विशाल नोइडामा आयोजित साट्टे पर्यटन मेलामा सहभागिता जनाएको छ । भारतीय पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्ने बोडले जनाएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन साट्टे पर्यटन मेलाको सहभागिताले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ३७ कम्पनीहरुको सहभागिता हुनु आफैँमा ठूलो उपलब्धिका रुपमा रहेको छ । नेपालको फरक परम्परा सांस्कृतिक सम्पदा नेपाली पहिचान नेपाली पर्यटन गन्तव्यबारे मेलामा आउनेहरुलाई जानकारी प्रदान गरिएको थियो । नेपालको महत्वपूर्ण पर्यटन बजारको रुपमा रहेको छिमेकी मूलुक भारतमा आयोजना हुने सबैभन्दा ठूलो पर्यटन मेलाका रुपमा रहेको साट्टेमा १ हजार ५० स्टलहरु ५० भन्दा बढी मूलुकबाट सहभागी थिए । मेला जनवरी ८ देखि १० सम्म सञ्चालन भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया