Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

सिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम


काठमाडौं, पुस २९
अग्नि ग्रुपले सिन्धुलीको ढुंग्रेबासमा महिन्द्राका गाडीहरु र ट्र्याक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्स र ट्र्याक्टरहरूका सबै शृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुमको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नी ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ । साथै सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको कम्पनीको दाबी छ । ‘सिन्धुली र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्र्याक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप, ट्र्याक्टरसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै शृङ्खलाका उत्पादनहरू स्कोर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्र्याक्टरहरूमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध हुने कम्पनीले जनाएको छ । साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

सो अवसरमा कम्पनीले पाँच दिने निःशुल्क प्रवर्द्धनात्मक सेवा शिविर (अटोमोबाइल डिभिजन सर्भिस क्याम्प) को पनि घोषणा गरेको छ । सोमबारदेखि माघ ३ गतेसम्म चल्ने यो शिविरअन्तर्गत उपभोक्ताहरूले स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउँने छन् । यसका साथै ट्र्याक्टरका ग्राहकहरूको लागी फार्म डिभिजन सर्भिस क्याम्प मंगलबारसम्म हुनेछ । जसमा स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउँने छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया