Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्लासिक टेकको ‘तुफान’ अफर

क्लासिक टेकको ‘तुफान’ अफर


काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो ‘तुफान’ अफर सार्वजनिक गरेको छ । कोभिडका कारण सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो ।

घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ‘तुफान’ अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएसदेखि सय एमबीपीएससम्मको हाइस्पिड इन्टरनेट र फ्रि आईपीटीभी पनि पाउनेछन् ।

उक्त तुफान अफरमा ५० एमबीपीएसअन्तर्गत प्रतिमहिना एक हजार दुई सय ५० रुपैयाँको दरमा एक वर्षको लागि १५ हजार रुपैयाँ जसमा दुई आईपीटीभी निःशुल्क हेर्न पाइनेछ तथा ८० एमबीपीएसअन्तर्गत तीन आईपीटीभी प्रतिमहिना एक हजार चार सय रुपैयाँका दरले १६ हजार आठ सय रुपैयाँ र सय एमबीपीएसअन्तर्गत तीन आईपीटीभीसम्म प्रतिमहिना एक हजार आठ सय रुपैयाँको दरले २१ हजार छ सय रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

क्लासिक टेकको इन्टरनेटसँग आईपीटीभीको ५० भन्दा बढी एचडी च्यानलहरु र सय एसडी च्यानलहरु निःशुल्क हेर्न पाइनेछ । साथै सबै पुरानो तथा नयाँ टिभीमा पनि युट्युब हेर्न सकिन्छ ।

साथै कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्जअन्तर्गत तुफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ । अन्य प्याकेज अफरहरुका लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्नसक्ने कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख सेल्स एन्ड मार्केटिङ म्यानेजर विनय कुमार अधिकारीका अनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्रविधि आईटीपीएस मोडेलमा विस्तार गराउन सफल क्लासिक टेक इन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसैअनुसार सेवा दिइँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया