Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी

चौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी


चौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी
काठमाडौं ।
राजधानीमा पहिलोपटक चौबीसै घण्टा लाटोकोसेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पु-याउने उद्देश्यस्वरुप लाटोकोसेरो फुड सञ्चालनमा आएको हो ।

उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै चौबीसै घण्टा सेवा दिने उद्देश्य छ । उपत्यकाका जुनसुकै स्थानमा लाटोकोसेरोले सेवा दिनेछ । रातको समयमा कोही भोकै बस्न नपरोस् भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाइनमार्फत सेवा दिनेछ ।

लाटोकोसेरो डटकमले आफूलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटोकोसेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डरअनुसार हरेक खाना चौबीसै घण्टा डेलिभरी गरिन्छ । लाटोकोसेरोमा उपलब्ध हुने खानाका प्रकारहरु लाटोकोसेरो डटकम अथवा ९८४७३७९८९० र ९८०१०७९८९० मा अर्डर गर्न सकिन्छ ।

कोभिड तथा लकडाउनको समयमा लाटोकोसेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कहरु जस्तै स्वास्थ्य चिकित्सक, नर्स, हेल्थ वर्कर्स, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई १० प्रतिशत छुट दिने व्यवस्था रहेको कम्पनीका प्रबन्धनिर्देशक प्रज्ज्वल कुमार दाहालले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया