Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली युवा उद्यमी मञ्चको सातौँ पटक लिडर प्रोजेक्ट

नेपाली युवा उद्यमी मञ्चको सातौँ पटक लिडर प्रोजेक्ट


काठमाडौं ।
नेपाली युवा उद्यमी मञ्चले क्यानडास्थित वेस्टर्न विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीद्वारा सञ्चालित ‘लिडर प्रोजेक्ट’को सातौँ पटक आयोजना सम्पन्न गरेको छ । सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३० सम्म भएको थियो । ३१ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको उद्देश्य बिजनेस ट्रेनिङमार्फत आर्थिक विकासमा सघाउनु हो ।

‘लिडर प्रोजेक्ट’मा संलग्न सबै निर्देशकहरु, विश्वप्रसिद्ध बिजनेस स्कुल, आईभीको विशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ्ग पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु वर्ल्डक्लास रहेको जनाइएको छ । आईभी बिजनेस स्कुलले अन्तर्राष्ट्रियस्तरमा नेपाललगायत अन्य सातवटा ठाउँहरुमा आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’मार्फत निर्देशकका रुपमा पठाउने गरेको कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताइन् ।

दुई हप्ताको ‘लिडर प्रोजेक्ट’को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो बिजनेस योजनाहरु, एक भव्य प्यानलको अगाडि प्रस्तुत गरेका थिए । सो प्यानलमा उद्योग विशेषज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’का एल्मनि सदस्यहरुको संलग्नता थियो । प्यानलका जजहरुमा आईभी विशिष्ट स्कट मीखालास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।

आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरु संस्था हो । नेपाली युवामाझ विभिन्न कार्यक्रमहरु आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ्ग, एडभोकेसी आदिद्वारा उद्यमी र उद्यमशीलताको रचना गर्ने उद्देश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग वाणिज्य संघबाट सेप्टेम्बर २६, २००३ मा भएको हो ।

नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्ष्यसँग मेल खाँदै, यो वर्षको ‘लिडर प्रोजेक्ट’का प्रायोजक एनआईसी एसिया बैंक रहेको छ । नेपालको अर्थतन्त्रमा विगत दुई दशकभन्दा बढी सेवा दिँदै आइरहेको ‘क’ वर्गको एनआईसी एसिया बैंक, नेपालका अग्रज तथा प्रगतिशील बैंकहरुमध्ये एक हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया