Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकर बुझाउने म्याद थप गर्न नाडाको आग्रह

कर बुझाउने म्याद थप गर्न नाडाको आग्रह


काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले व्यवसायीहरुले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ ।

नयाँ भेरिएन्टको कोरोना संक्रमण नेपालमा बढ्दो क्रममा रहेकोले सरकारले आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागू गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्यअभिवृद्धि कर विवरण एवं कर रकम बुझाउनसक्ने अवस्था नरहेको नाडाको भनाइ छ ।

स्वास्थ्य रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरु आफ्नो कार्यालयमा जानसक्ने अवस्था नरहेकोले वैशाख महिनाको २५ गतेसम्म बुझाउनुपर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्था गर्न नाडाले सरकारसँग माग गरेको छ ।

त्यसैगरी नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुलाई आफ्ना अटोमोबाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरुमै बुझाई महामारीमा सहयोग गर्न पनि अपिल गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया