Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलगातार दुई वर्ष उत्कृष्ट १० पीसीटी फाइलर्समा ओप्पो समावेश

लगातार दुई वर्ष उत्कृष्ट १० पीसीटी फाइलर्समा ओप्पो समावेश


काठमाडौं ।
स्मार्ट उपकरण ब्राण्ड ओप्पोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समीक्षा गरी २१औँ वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवस मनाएको छ । वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)का अनुसार ओप्पो यसपटक पनि गरी लगातार दोस्रो वर्ष अर्थात् सन् २०१९ र २०२०का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेसन ट्रिटीमा पर्न सफल भएको छ ।

सन् २०२१ मार्च ३१ सम्ममा ओप्पोले ६१ हजार प्याटेन्ट्स फाइल गरिसकेको छ । यस्तै विश्वभर २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधीनमा छ । तीमध्ये ८९ प्रतिशत प्याटेन्ट एप्लिकेसन्स वा ५४ हजार युटिलिटी प्याटेन्ट्स रहेका छन् । यिनले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनिधित्व गर्छ ।

‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत् आईपी पोर्टफोलियोका साथ विकासको दु्रतगतिमा रहेको प्राविधिक कम्पनीका रुपमा ओप्पो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ’, ओप्पोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताहरुका लागि हाम्रा उत्कृष्ट नवप्रवर्तनहरु निरन्तररुपमा पस्किरहनेछौँ ।’

विगत वर्षहरुमा ओप्पोले भर्चुओस इन्नोभेसनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रुपमा स्थापित गरिसकेको छ । कम्पनीले फाइभजी, फ्ल्याश चार्ज, एआई तथा इमेजलगायत क्षेत्रमा औद्योगिक रुपमा अग्रणी विशेषज्ञतापनि हासिल गरिसकेको छ ।

५जीका प्रबर्तकका रुपमा ओप्पोले ग्लोबल प्याटेन्ट एप्लिकेसन्सका तीन हजार सात सयभन्दा बढी फेमिलिज फाइल गराइसकेको छ । यस्तै कम्पनीले युरोपियन टेलिकम्युनिकेसन्स स्ट्याण्डर्ड इन्स्टिच्युट (ईटीएसआई)अन्तर्गत फाइभजी स्ट्यान्डर्ड प्याटेन्टका एक हजार पाँच सयभन्दा बढीको संख्यामा फेमिलिज घोषणा र तीन हजारभन्दा बढी फाइभजी स्ट्यान्डर्डसम्बन्धी प्रस्ताव थर्ड जेनेरेसन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी)लाई हस्तान्तरण गरिसकेको छ ।

साथै, अग्रणी जर्मन रिसर्च इन्स्टिच्युट आईप्लिटिक्सका अनुसार ५जी प्याटेन्ट फेमिलिजअन्तर्गत सन् २०२१ मा घोषणा गरिएको संख्याका आधारमा ओप्पो उत्कृष्ट १० कम्पनीमध्ये पनि एक हो ।

फ्ल्याश चार्जअन्तर्गत ओप्पोले विश्वभर तीन हजार प्याटेन्टका लागि निवेदन दिइसकेको छ भने, १ हजार ५ सयभन्दा बढी प्याटेन्टको स्वामित्व हात पारिसकेको छ । त्यसैगरी, कम्पनीले ४० भन्दा बढी कम्पनीलाई फ्ल्याश चार्ज प्रविधिको अनुमति पनि प्रदान गरिसकेको छ ।

सन् २०२१ मा ओप्पोले आफ्नो नयाँ प्रोजेक्ट– द फ्ल्याश इनिसिएटिभअन्तर्गत आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि अटोमोबिल्स, पब्लिक स्पेस र विभिन्न प्रकारका प्रविधिका लागि प्रयोग हुने चिप्सका लागि पनि उपलब्ध गराउनथालेको छ । एआईअन्तर्गत ओप्पोले दुई हजार चार सय ५० भन्दा बढी ग्लोबल प्याटेन्ट एप्लिकेसन्स विशेषगरी, कम्प्युटर भिजन, स्पिच प्रविधि र मेसिन लर्निङलगायत क्षेत्रअन्तर्गत दर्ता गराइसकेको छ ।

त्यसैगरी ओप्पोले आफ्ना सुरुवाती दिनदेखि नै विशेष प्राथमिकता दिँदै आएको र विज्ञता हासिल क्षेत्र इमेजअन्तर्गत आठ हजार तीन सय इमेज प्याटेन्ट्स विश्वभर दर्ता गराएको छ भने दुई हजार नौ सय प्याटेन्टको स्वामित्व पनि हात पारिसकेको छ ।

एक टेक ब्राण्डका रुपमा ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ भन्ने आफ्नो अवधारणा पछ्याउँदै आफ्ना भर्चुओस इन्नोभेसनमार्फत नवप्रवर्तनात्मक उत्पादन तथा सेवा पस्किँदै सबैको फाइदाका लागि ओप्पो सदैव तत्पर रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया