Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा मोटर्सद्वारा महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरतलाई विशेष छुट

टाटा मोटर्सद्वारा महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरतलाई विशेष छुट


काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोरोना भाइरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनामा महामारीमा पनि निरन्तर सेवा पु¥याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।

योजनाअनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरुबाहेक थप सुविधा प्राप्त गर्नसक्ने जनाइएको छ । जसमा एक लाख ५० हजार विशेष छुटका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा रोेयल्टी बोनसस्वरुप ३० हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ । गाडीहरुको होम डेलिभरीको सुविधा रहेको पनि जनाइएको छ । यो योजना १ मेदेखि सुरु भई मे ३१ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया