Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको आकर्षक डाटा तथा भ्वाइस प्याक सुविधा

टेलिकमको आकर्षक डाटा तथा भ्वाइस प्याक सुविधा


काठमाडौं ।
कोभिड–१९ को कारण लागू गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमले ग्राहकहरुले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक उपलब्ध गराएको छ । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ ।

कम्पनीले निषेधाज्ञाको समयमा ग्राहकहरुका लागि विभिन्न आकर्षक सुविधाहरुसहित प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने सेवा दिइरहेको छ ।

वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक : २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक छ सय ४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकताबमोजिम डाटा चलाउन र कुराकानी समेत गर्नसक्ने भएकाले यो प्याक निकै लोकप्रिय रहेको कम्पनीको दाबी छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार८स्टार२ह्याक्स डायल गर्न सकिन्छ ।

सात दिनका लागि १.५ जीबी प्याक : कम्पनीले सात दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्ने गरी यो प्याकको व्यवस्था गरिएको जनाएको छ । नेपाल टेलिकमले स्प्रिङ अफरअन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रुपैयाँमा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि स्टार१४१५स्टार१स्टार१स्टार४ह्याक्स डायल गर्न सकिन्छ ।

दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक : दुई घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । जम्मा ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार८स्टार२ह्याक्स डायल गर्न सकिन्छ ।

५०० एमबी प्रतिदिन डाटा प्याक : जम्मा दुई सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन पाँच सय एमबी डाटा प्रयोग गर्न मिल्ने गरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि स्टार१४१५स्टार१स्टार९स्टार३ह्याक्स डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले स्टार१४१५ह्याक्स डायल गरेर त्यहाँ दिइएको निर्देशनअनुसार विभिन्न प्याक खरिद गर्न सक्छन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया